यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन

सारांश

  • यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ ।
  • १ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ ।
  • यो फर्म अमेरिकी सरकारको युएससीआईएसको वेवसाइटमा उपलब्ध छ ।

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ ।

१ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ । यो फर्म अमेरिकी सरकारको युएससीआईएसको वेवसाइटमा उपलब्ध छ । फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । फर्म भर्ने तरिका, लाग्ने शुल्क र पठाउनुपर्ने ठेगानाबारे पनि त्यहाँ सिकाइएको छ ।

२ – यदि तपाईको आफन्त दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै कानुनी रुपमा प्रवेश गरेर बस्दै आएको हुनुहुन्छ र स्टेटस एड्जस्ट गर्नुपर्ने छ भने आई ४८५ नामको फर्म भर्नुपर्छ ।

३ – उचित शुल्क सहित उपयुक्त ठेगानामा आई १३० नामको फर्म भरेर पठाइसकेपछि तपाईले युएससीआईएसबाट आई ७९७ नामको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रमा प्राथमिकता मिति उल्लेख गरिएको हुन्छ ।

४ दाजुभाई तथा दिदीबहिनीहरुका लागि ग्रिनकार्ड फाइल गर्दा निम्न कागजातहरु पठाउनु आवश्यक हुन्छ ।
भरेको आई १३० फर्म । तपाईले दिदीबहिनी वा दाजुभाईका दम्पत्ति वा २१ बर्षमुनीका छोराछोरीका लागि छुट्टै फर्म भर्नु आवश्यक छैन ।

(तपाईको जन्मदर्ता प्रमाणपत्र र तपाईका दाजुभाई तथा दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र । यो प्रमाणपत्रमा बाबु वा आमा मध्ये एउटा दुबैको एउटै देखिनुपर्छ ।

(तपाई अमेरिकी नागरिक हुनुको प्रमाण । जस्तै, अमेरिकी पासपोर्टको फोटोकपी वा नागरिकताको प्रमाणपत्र ।

(यदि तपाईको बुबा एउटै हो र आमा फरक फरक छन् भने बुबाको हरेक आमासँग विवाहको प्रमाणपत्र र पहिले गरिएको सम्बन्धविच्छेदको कागजात पेश गर्नु आवश्यक हुन्छ ।

५ – सबै डकुमेन्ट तयार पारिसकेपछि डकुमेन्टसहित भरेको आई १३० फर्म ४५३५ डलर शुल्कको चेक वा मनी अर्डर सहित पठाउनुपर्छ । चेक US Department of Homeland Security को नाममा लेख्नुपर्छ ।

६ – डकुमेन्ट प्राप्त गरिसकेपछि युएससीआईएसले डकुमेन्ट माग्न, अन्तरवार्ताका लागि बोलाउन पनि सक्छ । तपाईका दाजुभाई वा दिदीबहिनी अमेरिकाबहिर रहेको खण्डमा दूतावासको कन्सुलर अफिसमार्फत आप्रवासी भिसा प्रदान गरिन्छ ।

याद गर्नुहोस् फर्म भर्दा नाता, तपाईको नाम, जन्ममिति, ठेगाना, बैबाहिक स्थीति तथा जसको लागि आवेदन दिइएको हो उसको पूरा नाम, जन्ममिति, भौतिक ठेगाना र बैबाहिक स्थिति स्पष्ट खुलाएर मिति लेख्न र हस्ताक्षर गर्न नभुल्नुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?