टुँडीमा ताल निर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
टुँडीमा ताल निर्माण शुरु

सारांश

  • नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ ।
  • हाल टँुडीस्थित पोखरी रहेको स्थानमा रु एक करोड ७१ लाखको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो ।
  • तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभइ मुलुकको लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले बताउनुभयो ।

नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टँुडीस्थित पोखरी रहेको स्थानमा रु एक करोड ७१ लाखको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो ।

तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभइ मुलुकको लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रुपमा निर्माण गरिने भएको छ । न्यू मनकामना निर्माण कम्पनीले जिम्मेवारी पाएको पहिलो चरणको संरचना आगामी असारभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टँुडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ भने बजेटको सुनिश्चितता पश्चात दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तीर हान्न लागेको शालिक बनाइने तामाङले जानकारी दिनुभयो ।

अहिले ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरीसहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो ।

राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको गाउँपालिकाका उपाध्यक्ष शान्ति गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको बुढापाका बताउछन् । म्यागङ नामाकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरवको योजनाको रुपमा आकर्षक पर्यटकीयस्थल बनाउन पहिलो प्रथामिकतामा राखिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयास असफल भएकै हाे त ?
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयास असफल भएकै हाे त ?
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
द्वन्द्वपीडितका लागि रु १७ करोड
द्वन्द्वपीडितका लागि रु १७ करोड
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते

तपाईंले छुटाउनुभयो कि?