छोरी अभिनेत्री बनेपछि करिश्माको घरमा घरझगडा !
सारांश
- काठमाडौं, ५ जेठ ।
- चर्चित अभिनेत्री एवम् निर्मात्री करिश्मा मानन्धरको घरमा यतिवेला घर झगडा भएकाे खुलासा भएकाे छ ।
- छोरी कविता मानन्धरको चलचित्रमा आवद्धताको विषयलाई लिएर मानान्धर परिवारमा खटपट सुरू भएको खुलासा भएको हाे ।
काठमाडौं, ५ जेठ । चर्चित अभिनेत्री एवम् निर्मात्री करिश्मा मानन्धरको घरमा यतिवेला घर झगडा भएकाे खुलासा भएकाे छ ।
छोरी कविता मानन्धरको चलचित्रमा आवद्धताको विषयलाई लिएर मानान्धर परिवारमा खटपट सुरू भएको खुलासा भएको हाे ।
अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले आफ्नो अभिभावकको पथ पहिल्याउँदै सिनेयात्रा सुरु गरेका थिए । यसको चर्चा देश तथा विदेशमा भैरहँदा चर्चित अभिनेत्रीकाे घरमा भने मनमुटाव सुरू भएकाे बताइएकाे छ । करिश्माका पति विनोद मानन्धर छोरीलाई चलचित्र क्षेत्रमा आवद्ध भएको हेर्न चाहँदैन थिए भन्ने हल्ला बजारमा चल्न थालेकाे छ ।
तर, करिश्माले आफ्नो पतिको समेत कुरै नसुनी छोरी कवितालाई ‘ग्ल्यामरस’ फिल्डमा शानदार ईन्ट्री गराईन् । करिश्माको यो कदमले परिवारमा खुशीयाली तुल्याउने धेरैको विश्वास थियो । कतिपयले त छोरी कविताले आमा करिश्माको विँडो थाम्लिन त भनेर समेत प्रश्न गरिसकेका छन् ।
करिश्माको घरमा झगडा अथवा आन्तरिक द्धन्द्ध हुनुको कारण नै छोरीलाई के बनाउने भन्नेबारे आमा र बुवाबीचको मत भिन्नता रहेको बुझिएको छ । बुवा विनोद छोरीलाई यो फिल्डमा ल्याउनै चाहँदैनन् । उनको स्पष्ट अडान यही नै रहेको उनी निकट स्रोतहरुको दाबी छ । तर, करिश्मा भने छोरीलाई यही फिल्डमा जमाउन चाहँन्छिन् ।
तर छोरीको चाहना भने चलचित्रमा नै आवद्ध हुने रहेको पनि बुझिएको छ । शुक्रबार ‘गुड फ्राईडे’ मनाउने क्रममा विनोद–करिश्मा निजी निवासमा यही विषयमा वादविवाद भएको स्रोतको दाबी छ । विनोदले करिश्मालाई तिमि त अस्थिर भयौं भयौ अब छोरीलाई पनि अस्थिर प्रोफेसशनमा अघि बढायौ होईन भन्दै चिढिएका थिए ।
तर विनोदको शब्द भुईँमा खस्न नपाउँदै करिश्माले विनोदलाई रुखो जवाफ दिएकी थिईन् । तर विनोद बरबराउन छोडेनन् । उनले अघि थपे,‘यत्रो समय मैले तिम्रो चाहना अनुसार चलचित्रमा आवद्ध भएँ, यो छोरीलाई तिमिले मेरो चाहनाविपरित फिल्डमा छिरायौ, हाम्री छोरी यो फिल्डको लागि जन्मिएकी होइनन्। उनलाई अरु कुनै प्रोफेशनमा ईंग्गेज राख्नुपर्छ।’
शक्ति र कविताले नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मार्फत नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । यो चलचित्रको आधा छायांकन सकिएको छ भने बाँकी छायांकन हुँदैछ ।
अस्ट्रेलियामा पढ्दै गरेका शक्ति र संयुक्त राज्य अमेरिकामा पढ्दै गरेकी कविता चलचित्रको छायांकनका लागि नेपाल आएका हुन् । चलचित्रको छायांकनपछि बाँकी पढाइ पूरा गर्न यी दुवै पुनः विदेश जानेछन् ।
छोरी कविताले आफ्नो क्षेत्रलाई अँगाल्दै चलचित्रको नायिका भएकोमा अभिनेत्री करिश्मा मानन्धरले प्रेस मिटमै खुसी व्यक्त गरेकी थिईन् ।
प्रतिक्रिया