धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु
सारांश
- १० कात्तिक, काठमाडौं ।
- धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
- धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
१० कात्तिक, काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाएकाकाे सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ ।
बिहान ८ः३० बजे भएको दुर्घटनाको कारण नखुलेको र यसबारे थप अुसन्धान भइरहेको खानीखोला प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया