सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि

सारांश

  • बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् ।
  • कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् ।
  • खास कुरा के हो भने यसपटक कार्यक्रमबाट उनको कमाईमा करिब सय करोड भारुको वृद्धि भएको छ ।

बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् । कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् । खास कुरा के हो भने यसपटक कार्यक्रमबाट उनको कमाईमा करिब सय करोड भारुको वृद्धि भएको छ ।
२६ एपिसोडका लागि पाइरहेका छन् ४०३ करोड भारुः

स्रोतलाई विश्वास गर्ने हो भने सलमान खानले च्यानलसँग करिब ४०३ करोडको डिल गरेका छन् । हरेक विकेन्ड टिभीमा देखिनका लागि सलमानले करिब ३१ करोड ९दुई एपिसोडका लागि० पाउनेछन् । शो १३ हप्तासम्म चल्नेछ र सलमान खान शनिबार र आइतबार मात्र देखिनेछन् । यो हिसाबले उनी कुल २६ एपिसोडमा देखिनेछन् ।

सलमान आफ्नै शो पनि बनाउन चाहन्छन्ः

गत वर्षको तुलनामा सलमानले आफ्नो पारिश्रमिक खासै बढाएका छैनन् । टिभी प्रोडक्सनमा सलमान खान तीब्र रुपमा आफूलाई विकास गर्न चाहन्छन् ।स्रोतका अनुसार सलमान द कपिल शर्मा शो र नच बलिए ९ जस्ता कार्यक्रम निर्माण गरेपछि कलर्स च्यानल र एन्डेमोल प्रोडक्सन ९बिग बस, खतरोंका खिलाडी, इन्डियाज नेक्स्ट सुपरस्टारका निर्माता० सँग मिलेर आफ्नो नयाँ शो ल्याउन चाहन्छन् । त्यसैले उनले यसपटक आफ्नो पारिश्रमिक धेरै बढाएका छैनन् ।

पछिल्लो सिजनमा पाए ३००–३५० करोडः

सलमानले सिजन ११ का लागि प्रति एपिसोडको ११ करोड भारु लिएको बताइन्छ । बिग बस १२ का लागि उनको पारिश्रमिक प्रति एपिसोड लगभग १२–१४ करोड भारु थियो । अर्थात्, पछिल्लो वर्ष उनले कार्यक्रमबाट करिब ३००–३५० करोड भारुको कमाई गरेका थिए ।

शोको चर्चासँगै बढाए शुल्कः

शोको चर्चासँगै सलमान खानको पारिश्रमिक वर्षैपिच्छे बढ्दै गयो । शोको सिजन ४ देखि उनले होस्टको जिम्मेवारी सम्हाले । सिजन ५ देखि ६ सम्म उनले प्रति एपिसोड लगभग २।५ करोड भारु लिए । सिजन ७ मा उनले आफ्नो पारिश्रमिक दोब्बर गरेर ५ करोड भारु प्रति एपिसोड लिए ।बिग बस ८ का लागि सलमानले ५।५ करोड भारु प्रति एपिसोड लिए भने सिजन ९ मा उनको पारिश्रमिक ७–८ करोड भारु प्रति एपिसोड थियो । सिजन १० मा उनले प्रति एपिसोड ८ करोड लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य स्थिर, अरु विदेशी मुद्राको?
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य स्थिर, अरु विदेशी मुद्राको?
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !