यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !

सारांश

  • काठमाडौं, १४ माघ ।
  • अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ ।
  • यद्यपी एमाले र माओवादीले यस विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।

काठमाडौं, १४ माघ । अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपी एमाले र माओवादीले यस विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।

तर दुई दलबीच नै एकता भएर वा नभै, जुनसुकै अवस्थामा पनि सरकार बनाउने सहमति भइसकेको छ । ओली नेतृत्वको सरकारमा माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको रुपमा पठाउने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनावमा पराजित श्रेष्ठ मन्त्री बन्न योग्य त छैनन्, तर उनलाई राष्ट्रियसभामा मनोनित गरेर सासंद बनाउने र सरकारमा पठाउने विषयमा छलफल भएको हो ।

दुई दलबीच एकताका लागि सुत्रधार मानिएका श्रेष्ठलाई मनोनित सासंद बनाएर सरकारमा सहभागि गराउने विषयमा ओली पनि सकारात्मक रहेको बताईएको छ ।

एमालेका नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल भएको छ । गौतम पनि प्रतिनिधिसमा चुनावमा पराजित भएका थिए ।

तर पार्टी एकता प्रक्रियामा महत्वपूर्ण योगदान भएकाले मनोनित गरेर भए पनि राष्ट्रियसभा लैजान लागिएको हो । गौतमलाई एमालेले उपप्रधानमन्त्रीको रुपमापठाउने तयारी गरेको छ ।

तर श्रेष्ठ र गौतम दुवैले खुलेर स्विकार गरेका छैनन् । तर नेता कार्यकर्ताले दुवै नेतालाई मनोनित गर्नुपर्ने दबाब दिइरहेका छन् ।

गौतम र श्रेष्ठका साथै कांग्रेसबाट आरजु राणालाई मनोनित गर्ने रणनीतिमा कांग्रेस सभापति देउवा छन् । देउवाले नै सुरुमा राणा, श्रेष्ठ गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेको बताइएको छ ।

५९ सदस्ययी राष्ट्रियसभामा एकजनासहित तीन जना सरकारले मनोनित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?