यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु

सारांश

  • काठमाडौं ।
  • संकटको बेलामा नेपालको सत्ता सम्हालेका केपी ओली सरकारसँग आम जनताले आशा र भरोसा गरेका छन् जुन अपेक्षा पूरा गर्न ओलीलाई सफल कमान्डर खोज्न दबाब परेको छ ।
  • देशभरिबाट चुनाव जितेर आएका योग्य नेताहरुको खोजी यतिखेर ओली निकटतम नेताहरुले गरिरहेको एमाले स्रोतले जनाएको छ ।

काठमाडौं । संकटको बेलामा नेपालको सत्ता सम्हालेका केपी ओली सरकारसँग आम जनताले आशा र भरोसा गरेका छन् जुन अपेक्षा पूरा गर्न ओलीलाई सफल कमान्डर खोज्न दबाब परेको छ । देशभरिबाट चुनाव जितेर आएका योग्य नेताहरुको खोजी यतिखेर ओली निकटतम नेताहरुले गरिरहेको एमाले स्रोतले जनाएको छ ।

अब बन्ने सरकारमा पुराना नेताको नेतृत्व नयाँलाई अवसर र जिम्मेवारी दिने तयारी गरेको स्रोतले दाबी गरेको छ । त्यसैले ओलीपछि सरकारमा नेतृत्व लिने गरि उपाध्यक्ष भीम रावल वा माहासचिव इश्वर पोखरेलमध्ये एकलाई सरकारमा लैजाने तयारी गरिएको छ भने भाबी अर्थमन्त्री बनाउने गरि उप–महासचिव विष्णु पौडेल वा सचिव प्रदिप ज्ञवालीमध्ये एकले अवसर प्राप्त गर्ने स्रोतले बताएको छ ।

यसैगरी पुराना मन्त्री भैसकेका काठमाडौंका कृष्ण गोपाल श्रेष्ठ र मधेसीबाट रघुबिर महासेठ मात्र दोहोरिने एमालेका एक नेताले बताए । त्यसैगरी ओली सरकारको समृद्धिको सपना र जनताको विकासको अपेक्षा पूरा गर्न नयाँ र भविष्य बोकेका युवा नेताहरूले अवसर प्राप्त गर्नेछन् ।

ओली नेतृत्वको सरकारमा सञ्चार मत्रालय सचिव योगेश भट्टराई, कृषि वा शिक्षा मन्त्रालय पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल, युवा खेलकुद वा सहरी विकास केन्द्रिय सदस्य रबिन्द्र अधिकारी, उर्जा वा पर्यटन युवा नेता गोकुल बास्कोटा, महिला बालबालिका वा स्थानिय विकास केन्द्रिय सदस्य तथा प्रत्यक्ष निर्वाचित महिला सभासद पद्यमा अर्याल वा थारु महिला सान्ता चौधरीलाई पनि जिम्मेवारी दिने गरि तयारी गरिएको स्रोतले बताएको छ ।

यसैगरी मन्त्री बन्न इच्छा व्यक्त गर्ने अरु कतिपय नेताहरु समेतलाई समेटेर समाबेशी र भौगोलिक सन्तुलन मिलाएर सरकार बनाउने तयारी रहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mangara Mahato

    Oli ji ko bichhar malai chtta bujhyo

    Comment Author

    Asha Ram

    बहुमत कसरी पुर्याउने…, राम्रा मन्त्रालय लिएर…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?