स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
  • आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए ।

“संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ”, मन्त्री बस्नेतले भने, “कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ ।”

मन्त्री बस्नेतलाई अस्पतालका सञ्चालक समितिका महासचिव हीरामणि शर्माले अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा मन्त्री बस्नेतले बिरामीसँग अस्पतालका सेवाको अवस्था बारेमा छलफल गरेका थिए ।

सन् २००७ मा स्थापित रेयुकाई एईको मासुनागा आँखा अस्पताल सामुदायिक अस्पताल हो । सो क्षेत्रका दैनिक करिब तीन सय सर्वसाधारणले सेवा लिने उक्त अस्पतालमा आँखाको सम्पूर्ण उपचारका तथा शल्यक्रिया गरिने महासचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
चट्याङ लागेर दुईको मृत्यु, सात घाइते !
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण
फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
लोकमान सिंह कार्की  सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
लोकमान सिंह कार्की सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
प्रदेश नम्बर २:  ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत
प्रदेश नम्बर २: ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत

तपाईंले छुटाउनुभयो कि?