प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक देखिएको छ ।
  • तर, सरकारमा जाने वा नजाने भन्ने बिषयमा निर्णय भने शुक्रबार हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक देखिएको छ । तर, सरकारमा जाने वा नजाने भन्ने बिषयमा निर्णय भने शुक्रबार हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनले आजको बैठकमा सबैले सरकारमा जाँदा र नजाँदाको फाइदा र बेफाइदाबारे छलफल गरेको बताउदै पार्टीको आगामी भविष्यलाई हेरेर निर्णय गर्ने बताए ।

त्यस्तै, रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने बताएका छन्

सरकारमा विषयमा हतारमा निर्णय गर्न नहुने भन्दै उनले ‘साझा न्यूनतम कार्यक्रममा राखिएका आफ्ना एजेण्डाहरु हटाएको गुनासो गरे । उनले सरकारका विषयमा अझ राम्रोसँग बुझेर र समय लिएर, विश्लेषण गरेर मात्रै निर्णयमा पुग्नुपर्ने सुझाब दिएका छन् । उनले रास्वपालाई दिने भनिएको मन्त्रालयमा समेत हस्तक्षेप भएका भन्दै ती सबै हुने सुनिश्चित भए सरकार जान सकिने बताए ।

सरकार पाँचै वर्ष जाने सुनिश्चित हुनुपर्ने रास्वपाको अडान छ । रास्वपाले हतारिएर सरकारमा जानेभन्दा गठबन्धनको आन्तरिक कुराहरु के के छन् भन्ने विषयलाई राम्रोगरी बुझ्ने नीति लिएको छ । सत्तामा जाने विषयलाई मात्रै प्रधान नबनाउन नेताहरुले समेत सुझाव दिएका छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेसहित केही शीर्ष नेताहरुले परिस्थितिको विश्लेषण गरेका थिए । आफूलाई लागेको विषयमा अरू केन्द्रीय सदस्यले एक एकगरी सुझाव राखेका छन् । सबै केन्द्रीय सदस्यलाई धारणा राख्न दिने भनिएपनि अन्तिममा केही नेताहरुले मात्रै विश्लेषण गरेर सरकारका विषयमा निर्णय गर्न शुक्रबार बैठक सारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
उपत्यकामा सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ