औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

सारांश

  • सप्तरी ।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् ।
  • उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ ।

सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।”

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रीत गर्नुपर्छ भने ।

उनले जनतालाई गरिबीबाट मुक्त गर्न कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताए । उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पुर्‍याउनु पर्दछ । ”

अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको बताए । पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताए। उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्छ भने ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा
शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै