झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?

सारांश

  • काठमाडौं, पुस १४ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ ।
  • पार्टी सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए ।

काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ । पार्टी सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए । थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर, राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए ।

कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार

मन्त्री गिरीले आफ्नो प्रस्तावप्रति आपत्ति जनाएपछि पार्टी अध्यक्ष कमल थापालाई झोक्किएर भनेका थिए, ‘मलाई राजीनामा दिन आपत्ति छैन । तर, राजीनामा तपाईंलाई होइन प्रधानमन्त्रीलाई बुझाउने हो । के तपाईंलाई चाहिँ मन्त्री बनिराख्नका निम्ति चुनावमा जनताले जनादेश दिएका छन् ?’

यही विवादमा रुष्ट बनेका थापाले मन्त्री गिरीलाई शुक्रबार नै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका हुन् । देउवा मन्त्रिपरिषद्मा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

यसो भन्छन् गिरी ?

गिरीले पार्टीको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै नाम प्रजातान्त्रिक भएपनि पार्टीभित्रको प्रजातन्त्रको अभ्यास हुन नसकेको आरोप लगाए । ‘पार्टीभित्र कुनै आधिकारीक निर्णय हुँदै हुँदैन । प्रजातान्त्रिक पार्टीमा बहस हुन्छ । तर, राप्रपामा छलफल पनि हुँदैन’, गिरीले भने, ‘राप्रपा भनेको कमल थापाको निरंकुशताको पराकाष्ट हो ।’

पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ । ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा चरम निरंकुश बनिसक्नु भएको छ । यो सब त्यसकै परिणाम हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
कोलम्बियासँग पानामा ३ गोलले पराजित
कोलम्बियासँग पानामा ३ गोलले पराजित
ओमानमाथि नेपाल ३७ रनले विजयी
ओमानमाथि नेपाल ३७ रनले विजयी
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?

तपाईंले छुटाउनुभयो कि?