मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु

सारांश

  • जाजरकोट- जाजरकोटमा खोलाले बगाएर छुट्टाछुट्टै दुई जनाको मृत्यु भएको छ ।
  • एक बालिकाको मकै पिसाउँदा मिलमा जाँदा बगाएको थियो ।
  • खोला तर्ने क्रममा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदाराको मृत्यु भएको हो ।

जाजरकोट- जाजरकोटमा खोलाले बगाएर छुट्टाछुट्टै दुई जनाको मृत्यु भएको छ । एक बालिकाको मकै पिसाउँदा मिलमा जाँदा बगाएको थियो । खोला तर्ने क्रममा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदाराको मृत्यु भएको हो ।

अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाउँदा मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?