याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५४ पटक हेरिएको
Shares
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, ११ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।
  • कसैले सरकार कहाँ छ ?

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’ सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने, ‘मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपाईले जवाफ पाउनुहुन्छ ।’

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । ‘काठमाडौंको सडक बढारिन्छ, धोइन्छ । अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’ जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।

तामझाम किन ? देखाउन

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउन भनेर हो ।’ उनले अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक
बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
६३ रन पुराएर पारस अाउट
६३ रन पुराएर पारस अाउट
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
विकट ठाउँमा फोन र विद्युत् पु¥याउन पहल
विकट ठाउँमा फोन र विद्युत् पु¥याउन पहल
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने