ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
१६
|
२२ पटक हेरिएको
Shares
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता

सारांश

  • काठमाडौं, ३ फागुन – एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ ।
  • दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।
  •  आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

काठमाडौं, ३ फागुन – एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी
त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

बिहीबार सरकार गठन प्रक्रिया बढाउँछौँ : श्रेष्ठ
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइसकेकाले बिहीबारै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने गरी निर्णय गरिने जानकारी दिए । ‘आयोगले परिणाम बुझाइसकेका अवस्थामा तत्काल प्रक्रिया बढाउन भोलि नै निर्णय गरेर अघि बढ्छौँ,’ श्रेष्ठले भने ।

९५ प्रतिशत काम सकियो, बिहीबार टुंग्याउँछौँ
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता संयोजन समितिले एकतासँग सम्बन्धित ९५ प्रतिशत काम सम्पन्न गरिसकेकाले बिहीबारै सबै टुंगो लगाउने जानकारी दिए । ‘९५ प्रतिशत काम सकिएको छ, बिहीबार सबै टुंगो लाग्छ,’ गौतमले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संयोजन समितिमा एकतासम्बन्धी गम्भीर छलफल भएको जानकारी दिँदै थोरै बाँकी विषयको छलफललाई निरन्तरता दिँदै बिहीबार टुंगो लगाइने बताए । ‘कुराहरू सबै मिल्दै गएका छन्, नमिलेर अड्किएको होइन,’ बैठकपछि श्रेष्ठले भने, ‘समय अभाव भएकाले छलफललाई निरन्तरता दिएर बिहीबार सबै विषय टुंगो लगाइनेछ ।’

केपी ओली प्रधानमन्त्रीका उम्मेदवार
एमाले स्थायी समितिले पार्टी अध्यक्ष केपी ओलीलाई वाम गठबन्धनका तर्फबाट सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी समितिको ललितपुरमै बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘गठबन्धनको साझा सहमतिबमोजिम अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि उपाध्यक्ष भीमबहादुर रावलले भने । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएलगत्तै गठबन्धनका तर्फबाट हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी गर्ने एमालेको तयारी छ ।

केन्द्रीय नेतृत्वमा सयजनाभन्दा बढी
नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए ।

प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस्
पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Waahiyaat kuraa.

    Comment Author

    Gomja Santosh

    asamm bhabb? teso vaye kp oli r prachandako matra hor Npl ?

    Comment Author

    Mohan Kayasta

    So poor decisions.

    Comment Author

    सीता त्रिपाठी

    अब प्रदेशमा पनि प्रधानमन्त्रि हुने कानुन बनाउन पर्यो,नेता ज्यू हरू अनि भाग पुग्छ नी पदको

    Comment Author

    Manoj Kunwar

    Hehehe

    Comment Author

    सुभाष कैनी

    सम्बिधान सम्सोधन गरेर सह प्रधान्मन्त्री या पुर्ब र पशिच्म हेर्ने गरि दुई pm बने नि भैगो नि।।

    Comment Author

    Netra Ghimire

    हैट।कस्ताे एकता।

    Comment Author

    Thapa Indra

    Moj gar Randi ko xora bame haru

    Comment Author

    Prithivi Bhatta Bhandari

    यो भन्दा बिडम्बना अरु केनै हुन सक्छ। यदी यही गर्नुछ भने किन पार्टी एकिकरणको नाटक मंन्चन गरिरहनु पर्यो।

    Comment Author

    Sagar Dura

    Magi Khane Bhado Vayxa ta Ekata Vaneko Aahi po Rahexa ta. ???????Nepal ko Rajnitik Astai ho Jo Aay pni

    Comment Author

    Puurna Bahadur Budhathoki

    अब त कोहि होला कि भन्ने आशा थियो तर अधुरै रहयो ।

    Comment Author

    Puurna Bahadur Budhathoki

    अब त कोहि होला कि भन्ने आशा थियो तर अधुरै रहयो ।

    Comment Author

    Bishnu Senchury

    अब सातै प्रदेशमा प्रधानमन्त्री बनाउनुपरयो तबमात्र पदलोलुपहरुलाई भाग पुग्छ लाज नभयका नकच्चराहरु भयपछि यस्तै हो छिमेकीको देखेर सिक्नु पर्छ नि लाजै मर्नु

    Comment Author

    Jeevan Gauchan

    हार्दिक बधाई छ

    Comment Author

    Ganesh Karki

    सिंहदरवार पनि दुइटा चाहिन्छकी कुर्चीमात्रै भय हुन्छ।

    Comment Author

    Gyanu Koirala

    पार्टी र देश ओलि र प्रचन्डको पेवा रहेछ ।एउटै पार्टी भए पछि पनि के को नाटक ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?