प्रधानमन्त्री ओली र राजेन्द्र महतो बीच कडै भनाभन
सारांश
- नेपालमा पनि विभिन्न ¥याली सहित बृहत सभाको आयोजना गर्दै हिजो १३० औँ मजदुर दिवस मनाइयो ।
- काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपाका नेता राजेन्द्र महतो, संघिय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट लगाएतकाले उक्त सभालाई सम्बोधन गरे ।
- मजदुर दिवसको अवसरमा नेताहरुले श्रमजिवी मजदुरहरुका बारे भन्दा एकले अर्कालाई आरोप प्रत्यारोपमा बढी समय खर्च गरे ।
नेपालमा पनि विभिन्न ¥याली सहित बृहत सभाको आयोजना गर्दै हिजो १३० औँ मजदुर दिवस मनाइयो । काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपाका नेता राजेन्द्र महतो, संघिय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट लगाएतकाले उक्त सभालाई सम्बोधन गरे ।
मजदुर दिवसको अवसरमा नेताहरुले श्रमजिवी मजदुरहरुका बारे भन्दा एकले अर्कालाई आरोप प्रत्यारोपमा बढी समय खर्च गरे । कार्यक्रमको सुरुवातमै सम्बोधन गरेका राजपाका नेता राजेन्द्र महतोले सरकार र सरकारको कामकारवाहीको कडैसँग विरोध गरे । उनले प्रधानमन्त्री ओलीलाई नामै किटेर बोलेर मात्र सम्बृद्धि आउछ भनेर प्रश्न गरे ।
महतोको भाषण पछि प्रधानमन्त्री ओली पनि के कम, आफ्नो चीरपरिचित शैलीमा जवाफ फर्काइ हाले । यसै त उखान टुक्का हालेर भाषण गर्न र अरुलाई ठीक पार्न ओली, आफैमाथि जाई लाग्दा किन चुप लाग्थे र । प्रधानमन्त्री ओलीले राजेन्द्र महतोलाई भित्तैमा पुग्ने गरी जवाफ फर्काएको कार्यक्रमका एक सहभागिले नाम नखोल्ने सर्तमा भने ।
बुधबारको मजदुर दिवसको कार्यक्रममा हेर्दा लाग्थ्यो कुनै सांस्कृतिक कार्यक्रम हेरिरहेको र कार्यक्रममा बोल्ने नेताहरु नेता होइनन, हास्य अभिनेताहरु हुन । नेताहरुको भाषणले कार्यक्रमस्थल यति रमाइलो बनेको थियो कि त्यहाँ उपस्थ्ति विभिन्न संघसंगठनबाट आएका सहभागिहरु हाँसेको हास्यै भए ।
प्रधानमन्त्रीको सम्बोधन पछि प्रमुख प्रतिपक्षी दलका नेता एव्म उपसभापति विमलेन्द्र निधिले सम्बोधन गरे । तर नेता निधिले सम्बोधन गर्ने समयसम्म प्रधानमन्त्री ओली कार्यक्रमस्थलबाट बाहिरी सकेका थिए । निधिले पनि प्रधानमन्त्री ओिलीलाई धेरै कुरा भन्न थियो तर प्रधानमन्त्री गइहाल्नु भयो भन्दै प्रधानमन्त्रीको भाषणमाथि असन्तुष्टिका शब्दहरु बर्षाइहाले ।
नेता निधि पछि संघीय फोरमका अध्यक्ष जो उपप्रधान तथा स्वस्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादवले पनि कांग्रेसमाथि विभिन्न आरोप लगाउन भ्याए । उनले कांग्रेसले संघीयताका विषयमा आफुलाई राम्रो संग प्रस्तुत गर्न नसेको भन्दै कांग्रेसको आलोचना गरे ।
कार्यक्रमको अन्तिममा सम्बोधन गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने शालिन देखिए । उनले कसैलाई गाली गरेनन् । भाषणमा निकै बौद्धिकता देखाउने अध्यक्ष प्रचण्डले भने सम्बोधनको सवै समय श्रमजिवी मजदुरहरुको पक्षमा खर्चेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपा पार्टीले आगमी दिनमा ल्याउन लागेको सरकारको निति तथा कार्यक्रम र बजेटमा समेत श्रमजिवी मजदुरहरुकै हकहित र अधिकारका विषयलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी भएका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि अधिकांस समय मजदुर हरुको कै हकहित र अधिकारका विषयमा समय बिताएका थिए ।
प्रतिक्रिया