यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ ।
  •   प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ ।  प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।

२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?