संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
सारांश
- काठमाडौं, १७ फागुन- कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ ।
- सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो।
- आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं, १७ फागुन- कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए ।
संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले १८ फागुनमा मतदाता नामावली सार्वजनिक गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २१ फागनुको अपराह्न ४ बजे बस्ने संघीय संसद्को पहिलो बैठकले दलको नेता चयन गर्नेछ ।
उम्मेदवार बन्छु : देउवा
तपाईं दलको नेतामा उम्मेदवार बन्ने कि नबन्ने भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ‘मेरो घोषणा भयो, म दलको नेतामा उम्मेदवार बन्ने हो, तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।’ अहिलेसम्म मुख नखोलेका देउवाले उम्मेदवार बन्ने बताएपछि सहमतिमा नेता चुनिने सम्भावना सकिएको हो ।
मैले जित्छु : सिंह
देउवाले उम्मेदवार बन्ने बताएपछि अर्का आकांक्षी सिंहले पूर्ण रूपमा असफल भएका पार्टी सभापतिको विकल्प खोज्नुपर्ने बताए । ‘सभापतिजी पार्टी र सरकार सञ्चालनमा पूर्ण रूपमा असफल हुनुभएको छ । उहाँको विकल्प खोज्ने वेला भएको छ,’ नेता सिंहले भने, ‘म दलको नेताको उम्मेदवार हो । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित भएको छैन, अहिले पनि दलको नेतामा जित्छु ।’
अनि मेरो बोली फुटेन : कोइराला
सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा. कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए । ‘मलाई कांग्रेसको विभाजनको सूत्रधार होइन एकताको सूत्रधार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन, अझ विभाजन हुन्छ,’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिनँ । संसदीय दलको नेता, पार्टी सभापति वा प्रधानमन्त्रीमा आकांक्षा राख्नुभन्दा पहिला कांग्रेस जोगाउने विषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ ।’
डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए । ‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन ।’
शशांकका प्रतिस्पर्धी केसी आएनन्
दिवाभोजमा पार्टीको १३औँ महाधिवेशनमा महामन्त्री शशांकका प्रतिस्पर्धी नेता अर्जुननरसिंह केसी भने उपस्थित थिएनन् । उनका अर्का प्रतिस्पर्धी गगन थापा पनि आएनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता प्रदीप गिरी भने उपत्यकाबाहिर रहेकाले आउन नसक्ने जानकारी आएको महामन्त्री डा. कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए ।
पौडेलकोमा नगएका देउवा शशांककहाँ गए
नेता पौडेलले सोमबार भोजमा सभापति देउवासहित सबै केन्द्रीय समिति सदस्य र विजयी सांसदहरूलाई निमन्त्रणा गरेका थिए । तर, उनको भोजमा सभापति देउवा र संस्थापनका केन्द्रीय सदस्य तथा निर्वाचित सांसद अनुपस्थित रहे । महामन्त्री कोइरालाले १३औँ महाधिवेशनमा देउवासँग पराजित नेता पौडेलको प्यानलबाट जितेका हुन् । उनले गरेको भोजमा भने सभापतिसहित संस्थापनका उपत्यकामा रहेका सबै केन्द्रीय सदस्य र निर्वाचित सांसद सहभागी भए ।
देउवाको स्पष्ट बहुमत
कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सिट जितेको छ । ६३ सिटमा ४० सिटसहित संस्थापन पक्ष स्पष्ट बहुमतमा छ । नेता पौडेल पक्षका १९ सांसद छन्, भने नेता सिटौला पक्षका तीन सांसद छन् । उद्योगी विनोद चौधरी भने कुनै गुटमा खुलेका छैनन् ।
JN Marasini
काङ्रेसका अरु नेतामा दम छ र ? देश र जन्ताको माया छ भने देउवाले 100% जित्दैनन ।
Krishna Sita Kunwar
Bejati kangres ho ali kati sochan ho
Buddhadas Shakya
देउवाले नै जित्नु पर्छ । तब मात्र सत्ता पक्ष लाई फाईदा हुन्छ ।
Kishor Thapa
good
Manoj Rai
देउवाले जित्नु कांग्रेसको दुर्भाग्य
Paradeshi Kanxa
सेरे को पछि लाग्ने झोले हरुले गर्दा पार्टी नै धराप मा पर्ने सम्भावना छ ।
Nir Rana
जब सम्म देउवा जिउदा रहन्छन् तबसम्म अरु नेताले रुन्छे आस नगर्दा हुन्छ पार्टि सभापति प्रधानमन्त्री ससदिय दलको नेता जस्ता उच्च पद छोड्ने वाला छैनन् ।गिरिजाको पालामा पदकै लागि पार्टी फुटाएकै हुन क्यार अरु कोहि नेता सो पदमा आउनुछ भने उपाय यै हो। सबै पार्टी फुट्नु अनि जुट्न पदकै लागि त हो। देश बिकास र जनतालाई सेवा दिनेकुरा त हात्तीको देखाउने दात ..!!!
Rina Khhatri
Serelai dinuhudaina yedi congress jogaune ho vane
Kedar Man Joshi
Dhadali Ra kinbecha garera bhaya pani jitchha Shere dai lai
Chandra Phuyal
जित्लान्त भन्दा पनि देउवा लाई सबै मिलेर जिताउनु पर्छ अनि मतै काग्रेस पता साफ हुन्छ
Sundar Tangbe
Bichar ko sahamati ma gayara sasang koirala lai banaunu parxa natra congress ko party nai india ko congress jastai naam matra rahanxa plz deuba ra prakash ji ekdamai sochera sahamati ko bato rojnu yo samaya ko magh xa