यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्

सारांश

  • काठमाडौं ।
  • उनको नाम हो कृष्णबहादुर लामा ।
  • ठेगाना काभ्रे जिल्ला भुम्लुटार–८ ।

काठमाडौं । उनको नाम हो कृष्णबहादुर लामा । ठेगाना काभ्रे जिल्ला भुम्लुटार–८ । पेसा चाहिँ कुल्ली कामदार । अम्मली चाहिँ मदिराको । उनी भ्रष्टाचारी होइनन् । सुन तस्कर पनि होइनन् । लागूऔषध कारोबारी पनि होइनन् । न त उनले कसैको ज्यान नै लिएका छन्, न उनी बलात्कारी नै हुन् । तर, सामान्य कुल्ली कामदार उनलाई पक्राउ गर्न भने प्रहरीले ठूलै जनशक्ति प्रयोग गर्नुपर्यो ।

एक दिन होइन, दुई दिन होइन, चार–चार दिन लाग्यो उनलाई पक्राउ गर्न । उनीमाथिको अभियोग हो, मेट्रो पुलिस हेल्पलाइनको टोल फ्रि नम्बर १०० मा तारन्तर फोन गर्ने र प्रहरीलाई गाली गलौज गर्ने । ‘मान्छे मर्दा पनि प्रहरी के हेरेर बसेको छ ?’ उनी आक्रोशित स्वरमा प्रहरीलाई यसरी नै गाली गर्थे । जब रात ढल्कँदै जान्थ्यो, उनी छिर्थे भट्टी पसलमा साथीहरुसँग । अनि पिउँथे लोकल रक्सी । जब नसा लाग्दै जान्थ्यो, उनी मोबाइल निकालेर पुलिस हेल्पलाइनको टोल फ्रि नम्बर १०० मा कल गर्थे । अनि प्रहरीलाई गलत सूचना दिएर थर्काउने काम गर्थे । यसरी प्रहरीलाई थकाउँदा उनलाई रमाइलो लाग्थ्यो ।

साथीहरुकै अगाडि प्रहरीलाई थर्काउँदा आफू ठूलो मान्छे भएको जस्तो अनुभूति हुन्थ्यो उनलाई । साथीहरु पनि उकास्थे उनलाई । उनी पनि मख्ख पर्थे । उनी प्रहरीलाई फोन गरेर थर्काउँथे तर, आफ्नो परिचय दिँदैनथे । फोन गर्ने बितिक्कै मोबाइल अफ गर्ने उनको बानी थियो । त्यसैले उनको यस्तो गतिवधिबाट प्रहरी हैरान बनिसकेका थिए ।

काठमाडौं मात्र होइन, प्रहरी प्रधान कार्यालयको अप्रेसन शाखा र भक्तपुरका प्रहरी पनि उनको यस्तो बानीबाट आजित भइसकेका थिए । जब उनी कुनै पनि घटनाको सूचना दिन्थे, प्रहरी त्यसैको पछाडि लागेर बुझबुझारथ थाल्थ्यो । तर सूचनामा भनिएजस्तो घटना कतै कहीँ हुँदैनथ्यो । मेट्रो प्रहरीका एक अधिकारी उनको गाली गर्ने शैली सविस्तार सुनाउँछन्, ‘के पारा हो प्रहरीको यस्तो । यत्रो घटना भइसक्यो । सुतेर बस्या छ ।’ एक दिन होइन, दुई दिन होइन तारन्तार यस्तो फोन आएपछि महानगरीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वरप्रसाद चापागाईंले ती व्यक्तिको खोजी गरी आवश्यक कारबाही गर्न अपराध महाशाखालाई २५ साउनमा पत्र काटे । त्यसपछि सुरु भयो प्रहरीलाई गाली बर्साउनेको खोजी । खोजी त सुरु भयो । तर सजिलो थिएन । उनको नाम ठेगाना प्रहरीसँग केही थिएन । नम्बर पनि अफ गर्ने उनको बानी ।

फोन नम्बरकै भरमा सबै पत्ता लगाउनुपर्ने बाध्यता प्रहरीलाई थियो । त्यसपछि २५ गते नै महानगरीय अपराध महाशाखाले कारण खुलाएर काठमाडौं जिल्ला अदालतलाई पत्र लेख्यो । पत्रमा ती व्यक्तिको मोबाइल फोनको कल डिटेल र लोकेसन ट्रयाकका लागि अनुमति मागिएको थियो । अदालती अनुमतिपछि अपराध महाशाखाले ती व्यक्ति भक्तपुरमा बस्ने पत्तो लगायो । त्यसपछि पक्राउको जिम्मा भक्तपुर प्रहरी परिसरमा रहेर काम गरिरहेका महाशाखाका चार प्रहरीलाई दिइयो । उनीहरु ती व्यक्तिको ठेगाना पत्ता लगाउन सफल भए । उनको ठेगाना पत्ता लगाएपछि प्रहरी पुग्यो उनको घर काभ्रे जिल्ला भुम्लुटार–८ मा । र, भेटे भतिजलाई ।

जिल्ला प्रहरी कार्यालय काभ्रेमार्फत ती व्यक्तिका भतिजसँगको सम्पर्कमा पुगेका महाशाखाका कर्मचारीले उनीमार्फत ती व्यक्ति भक्तपुरमा बस्ने र केही समयअघि मात्रै जिप्रका काभ्रेबाट नागरिकता निकालेको सूचना दिए । प्रहरीले जिप्रका काभ्रेको नागरिकता फाँटमा काम गर्ने र हालै सरुवा भई साँखु पुगेका सरकारी अधिकारीलाई सम्पर्क गर्यो । तिनले उक्त व्यक्तिको पृष्ठभूमिबारे केही सूचना दिए । सम्पर्कको जालो केलाउँदै प्रहरीले तिनलाई भक्तपुरको जगातीबाट आइतबार पक्राउ गर्न सफल भयो । प्रहरीले उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पु्यार्एको भन्दै कारबाही थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
Newlyweds Rubina & Abhinav crazily dance to Sapna Chaudhary’s ‘Teri Aakhya Ka Yo Kajal’, watch
Newlyweds Rubina & Abhinav crazily dance to Sapna Chaudhary’s ‘Teri Aakhya Ka Yo Kajal’, watch
कार्यकर्ता ‘सेटल’ राष्ट्रियसभामा
कार्यकर्ता ‘सेटल’ राष्ट्रियसभामा
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
फ्रान्सेली कम्पनीसँग बिना प्रतिष्पर्धा मध्यरातमा पौने २ अर्बको ठेक्का सम्झौता
फ्रान्सेली कम्पनीसँग बिना प्रतिष्पर्धा मध्यरातमा पौने २ अर्बको ठेक्का सम्झौता
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा

तपाईंले छुटाउनुभयो कि?