प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…

सारांश

  • काठमाडौं ।
  • महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले दुई पत्रकारलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् ।
  • सुशासन साप्ताहिकका पत्रकार मदन भण्डारी र रातोपाटी डटकमका सुरक्षा संवाददाता राजेश भण्डारीले आफूहरुमाथि सई बालकृष्ण सञ्जेलले हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन् ।

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले दुई पत्रकारलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् ।

सुशासन साप्ताहिकका पत्रकार मदन भण्डारी र रातोपाटी डटकमका सुरक्षा संवाददाता राजेश भण्डारीले आफूहरुमाथि सई बालकृष्ण सञ्जेलले हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन् ।

आफूहरु सम्वद्ध सञ्चार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर समाचार लेखेको विषयमा आपत्ति जनाउँदै ‘गोलीले उडाइदिने’ धम्की दिएको पत्रकारद्वयले बताए ।

भण्डारीद्वयले ३३ किलो सुनकाण्डमा संलग्नताको आरोपमा सुनसरीको धरानमा सनम शाक्यको गत १८ फागुनमा भएको हत्याको समाचारमा आफ्नो नाम जोडेको भन्दै सञ्जेलले आफूहरुमाथि धम्की दिएको बताए ।

उक्त घटनामा प्रहरी संगठनभित्रैका केही व्यक्तिको संलग्नता रहेको समाचार आएपछि प्रहरी मुख्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) पुष्कलराज रेग्मी नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रदेश नम्बर–१ को प्रहरीसँग समन्वय नगरी कार्यक्षेत्र नाघेर अपराध महाशाखाबाट गएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी नेतृत्वको टोलीले धरानको भानुचोकमा बरामद गरेको शाक्यको शव सुनसरी जिल्ला कटाएर मोरङको विराटनगर लगेर सार्वजनिक गरेको थियो ।

शाक्यको हत्यामा गोरे भनिने चुडामणि उप्रेतीको संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको र उप्रेती र सञ्जेलबीच मामा भान्जाको नाता रहेको समाचार लेखेपछि आफूहरुमाथि धम्की आएको भण्डारीद्वयको भनाइ छ ।

गोरे घटनापछि फरार छन् । ‘मलाई अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट सञ्जेलले ‘गोलीले उडाइदिने’ धम्कीपूर्ण खबर पठाएका छन्’, पत्रकार मदन भण्डारीले भने, ‘समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिएको भए हुन्थ्यो, तर, यहाँ गोलीले उडाउने धम्की दिइयो ।’

रातोपाटीका पत्रकार राजेश भण्डारीले पनि आफूलाई धम्की आएको बताए । ‘मेरो एक निकट मित्रसँग सञ्जेलले राजेश भण्डारीले मेरो बारेमा समाचार लेखेको रहेछ, उसलाई भन्दिुनु मैले भेटें भने गोली ठोक्छु भनेका रहेछन्’, उनले भने ।

भण्डारीद्वयले सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर आफूहरुमाथि धम्की दिने सई सञ्जेलमाथि कारबाहीको माग र जीवनरक्षाको अपिल गर्दै निवेदन दिने बताएका छन् । यस्तै उनीहरुले जीवनरक्षाका लागि नेपाल पत्रकार महासंघ, पत्रकार सम्वद्ध संघरसंस्था तथा राष्ट्रिय मानवअधिकार आयोगमा समेत अपिल गर्ने जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sanjaya Shrestha

    प्हरि

    Comment Author

    Kal Bahadur

    मानव भए यस्तो भन्ने थिएन होला दानव भए पछि के लाग्छ र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
इरानबाट तेल अायात नगर्न अमेरिकाकाे दबाब !
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
गाईजात्रा शुरु
गाईजात्रा शुरु
छोरीको हत्या गरेर फरार बाबु १९ वर्षपछि पक्राउ
छोरीको हत्या गरेर फरार बाबु १९ वर्षपछि पक्राउ
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस  (भिडियोसहित)
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?