सराङकोटपछि प्याराग्याइडिङका लागि उपयुक्त स्थान बागलुङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
सराङकोटपछि प्याराग्याइडिङका लागि उपयुक्त स्थान बागलुङ

सारांश

  • काठमाडौं ।
  • प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सराङकोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ ।
  • बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षणपछि बागलुङ उपयुक्त ठाउँ भेटिएको हो ।

काठमाडौं । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सराङकोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ ।

बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षणपछि बागलुङ उपयुक्त ठाउँ भेटिएको हो । लामो समयदेखिका अनुभवी पाइलटले सराङ्कोट पछिको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए । बिहीबारबाट शुरु भएको प्रथम बलेवा महोत्सवका अवसरमा पोखराको भ्यालीलेक कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि उपयुक्त स्थान रहेको बताएका हुन् ।

हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने पाइलट सागर राउतले बताए । समुद्री सतहदेखि १ हजार ७६० मिटरको उचाइमा रहेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेको धुरीबाट उडेका पाँच प्याराग्लाइडिङ बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवा विमानस्थल नजिकै अवतरण गरिएको पाइलट आकाश क्षेत्रीले बताए ।

प्रथम बलेवा महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ रहेको छ । महोत्सवका अवसरमा पर्यटन प्रवद्र्धन गर्ने र पछि व्यावसायिक उडान गर्ने लक्ष्यसाथ प्याराग्लाइडिङ परीक्षण गरी उडान गरिएको महोत्सवको आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताए ।

प्याराग्लाइडिङ उड्ने पहरेको धुरीमा धावनमार्गजस्तै मिलेको भूबनोटका कारण उडान गर्न निकै सहज भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस
संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक