यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

सारांश

  • जनता कोभिड–१९ को त्रास र भोकमारीमा पिल्सिरहेका बेला बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री अरुण नेपालले भोटेकोशी नदी किनारमा झन्डै ४ करोडको स्विमिङ पुल बनाएको खुल्न आएको छ ।
  • सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनेको हो ।
  • बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले निरीक्षण गरेपछि स्विमिङ पुलमा राज्यको ढुकुटी दुरुपयोग भएको निष्कर्ष निकालेका छन् ।

जनता कोभिड–१९ को त्रास र भोकमारीमा पिल्सिरहेका बेला बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री अरुण नेपालले भोटेकोशी नदी किनारमा झन्डै ४ करोडको स्विमिङ पुल बनाएको खुल्न आएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनेको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले निरीक्षण गरेपछि स्विमिङ पुलमा राज्यको ढुकुटी दुरुपयोग भएको निष्कर्ष निकालेका छन् । उनले स्विमिङ पुल बनाउँदा अनियमितता भएको आशंका व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायारामा ल्याउनु पर्ने औंल्याएका छन् ।

तत्कालीन पर्यटनमन्त्री नेपालको निर्वाचन क्षेत्रमा पर्ने भोटेकोशी नदी किनारमा स्विमिङ पुल बनाएको विषय अहिले चर्चामा छ । हालका पर्यटनमन्त्री श्रेष्ठले नदी किनारमा ४ करोड हालेर बनाएको स्विमिङ पुलको आवश्कता र औचित्यमाथि प्रश्न उठाएपछि स्विमिङ पुलले चर्चा पाएको हो ।

स्विमिङ पुलको निरीक्षण गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले राज्यको ढुकुटी गलत ठाउँमा प्रयोग भएको भन्दै दुःख समेत प्रकट गर्दै अब पर्यटन मन्त्रालयले बजेट बनाउँदा यस्ता गलत ठाउँमा राज्य कोषको दुरुपयोग नहुने गरी बनाउने स्पष्ट पारिसकेका छन् । प्रदेश सरकारले झन्डै ४ करोड हालेर बनाएको स्विमिङ पुलको सुरक्षाका लागि अर्को १० करोड लाग्ने देखेपछि उनी रुष्ट बने ।

पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीलाई साथमा लिएर स्विमिङ पुलको अनुगमन गर्न पुगेका मन्त्री श्रेष्ठ स्विमिङ पुल हेरेपछि आश्चर्यमा परेका छन् । स्विमिङ पुलको सुरक्षाका लागि घेराबार, चेन्जिङ रुम, कटअफ वाल, ड्रेन र ल्याण्ड स्क्यापिङ निर्माण गर्न थप १० करोड आवश्यक देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
असार १५ गते सोमवारको राशिफल यस्तो छ
असार १५ गते सोमवारको राशिफल यस्तो छ
अमेरिकी सहयोग नआउँदा चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ
नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै
नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै
प्रचण्डले सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)
ठूला दलले मानेनन् कानुन, अब करोड जरिवाना तिर्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?