प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो

सारांश

  • दाङ, ४ माघ ।
  • प्रादेशिक राजधानी दाङ हुनुपर्ने मागप्रति सामुदायिक वन उपभोक्ता महासंघ दाङले ऐक्यवद्धता जनाएको छ ।
  • सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले बुधवार एक बिज्ञप्ति निकालेर राजधानी बनाउनु पर्ने मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

दाङ, ४ माघ । प्रादेशिक राजधानी दाङ हुनुपर्ने मागप्रति सामुदायिक वन उपभोक्ता महासंघ दाङले ऐक्यवद्धता जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले बुधवार एक बिज्ञप्ति निकालेर राजधानी बनाउनु पर्ने मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

राजधानी माग गर्दै बुधवारदेखि थालिएको कार्यक्रमप्रति समर्थन जनाउदै बिज्ञप्तिमा यसको पक्षमा काम गर्न वन महासंघले उपभोक्ताहरुलाई आग्रह पनि गरेको छ । ५ नम्बर प्रदेश स्तरिय कार्यालयहरु उच्च अदालत, नेपाल प्रहरिको प्रदेश कार्यालय स्थापना दाङमै भएको र सबैलाई पायक पर्ने भनी निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन दाङमै गर्ने भनी तोकिसकेको अबस्थामा प्रदेश राजधानी अन्यत्रै सार्ने षडयन्त्र भइरहेको भन्दै त्यस बिरुद्ध लाग्न समेत बिज्ञप्तिमा आग्रह गरिएको छ ।

पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङ नै राजधानीको एकमात्रै बिकल्प रहेको भन्दै दाङलाई प्रादेशिक राजधानी घोषणा नगर्दासम्म हुने आन्दोलनमा सहभागी हुन उपभोक्ताहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?