यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !

सारांश

  • काठमाडौं, १४ कात्तिक।
  • खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् ।
  • मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।

काठमाडौं, १४ कात्तिक। खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए । जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ । बा १ झ ८७५९ नं को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो । त्यस्तै बा। १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ ।

मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरु मध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् । बा ८ च ६७६० नं  टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ । मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ । अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं। को प्राडो जीप प्रयोग गरिरहेको छ । प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको छ । त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं। को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नंको गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पयर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार
झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।
झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)

तपाईंले छुटाउनुभयो कि?