निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन

सारांश

  • विराटनगर, १७ साउन ।
  • निर्वाचन क्षेत्र निर्धारण आयोगले आज विराटनगरमा संसदीय क्षेत्र निर्धारणका लागि राजनीतिक दल र सरोकारवालासँग राय सुझाव संकलन गरेको छ ।
  • सो अवसरमा उनीहरुले मोरङमा कम्तीमा सातवटा संसदीय निर्वाचन क्षेत्र हुनुपर्ने, जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने तथा आयोगले निष्पक्ष ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका सुझावहरू दिनुभएको थियो ।

विराटनगर, १७ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज विराटनगरमा संसदीय क्षेत्र निर्धारणका लागि राजनीतिक दल र सरोकारवालासँग राय सुझाव संकलन गरेको छ ।

सो अवसरमा उनीहरुले मोरङमा कम्तीमा सातवटा संसदीय निर्वाचन क्षेत्र हुनुपर्ने, जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने तथा आयोगले निष्पक्ष ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका सुझावहरू दिनुभएको थियो ।

कार्यक्रममा निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य गणेशराज कार्कीले आयोगले निर्धारित समयसीमाभित्र क्षेत्र निर्धारण कार्य सम्पन्न गर्न अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शेखर कोइरालाले यो संवैधानिक आयोग भएकाले आयोगको निर्णय निष्पक्ष हुने विश्वास व्यक्त गर्दै मोरङमा कम्तीमा सातवटा निर्वाचन क्षेत्र हुनुपर्ने माग राख्नुभयो ।

नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले क्षेत्र निर्धारण गर्ने क्रममा स्थानीय तह र जातीय समूहलाई प्रभावित नपर्ने गरी कार्य गर्नुपर्ने बताउँदै मोरङमा सातवटा संसदीय क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गणेश उप्रेतीले जनसङ्ख्या र भुगोलका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुनुपर्ने बताउनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष भक्ति माझीले जातीय समूहका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु
दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न
सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?
सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?