स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण

सारांश

  • काठमाडौंमा सञ्चारकर्मीहरको अवस्थालाई मध्यनजर गरी स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्था द्वारा खाधान्य तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ।
  • राष्ट्रको चौथो अगं पत्रकार लाई सरकारले यतिबेला व्यवास्था गरेको भान हुदै गर्दा यति बेला पत्रकारहरुले नै पत्रकारको लागी केही गर्नु पर्ने भन्दै हाल विभिन्न सामाजिक अभियान्ता तथा व्यक्तिहरुले सहयोग गर्दे आएका छन् ।
  • यसै विच काठमाण्डौँको सुकेधारा निलो पुलबाट पत्रकारहरुको लागी खाद्यान्न वितरण गरिएको छ ।

काठमाडौंमा सञ्चारकर्मीहरको अवस्थालाई मध्यनजर गरी स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्था द्वारा खाधान्य तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ। राष्ट्रको चौथो अगं पत्रकार लाई सरकारले यतिबेला व्यवास्था गरेको भान हुदै गर्दा यति बेला पत्रकारहरुले नै पत्रकारको लागी केही गर्नु पर्ने भन्दै हाल विभिन्न सामाजिक अभियान्ता तथा व्यक्तिहरुले सहयोग गर्दे आएका छन् । यसै विच काठमाण्डौँको सुकेधारा निलो पुलबाट पत्रकारहरुको लागी खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाईरसको महामारीमा सरकारले पत्रकारहरुको लागी खोप पनि व्यवास्था गरिरहेको थियो । यसैमा हिजो मात्र सर्वोच्च अदालतबाट काठमाण्डौँ शाखालाई पनी खोप दिने फैसला भएको छ । यस सँगै अग्र पक्तिमा बसेर काम गर्ने पत्रकारहरुको लागी स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्था द्वारा खाधान्य तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

पत्रकारहरुको मर्मलाई बुझेर यस्तो किसिमको कार्य गरेको आकृसा गोल्ड प्यालेस का सन्चालक एवमं समाजसेवी अजय खतिवडा बताउनु हुन्छ । खाद्यान्न तथा माक्स पत्रकारहरुको लागि वितरण गर्दे आफूहरुले अग्र पक्तिीमा रहेर काम गर्ने पत्रकारहरुलाई मध्यनजर गरी हरेक कुरामा जनतालाई सुचना प्रदान गर्ने पत्रकारको मर्म बुझेर हामीले पत्रकारलाईनै यो सेवा प्रदान गरेकोे समाजसेबि याङ योन्जन, समाजसेबि सिता पुरि र तिन जुरे ज्वेलर्स प्रा लि का सन्चालक कमल ढकाल बताउनु हुन्छ ।

पत्रकारहरुले सधै अग्र पक्तीमा रहेर काम गर्ने चाहे त्यो बाढी पहिरोको होस् चाहे बम विस्फोटको नै किन नहोस् जोखिम मोलेर सबैभन्दा अगाडि जाने नै पत्रकारहरु भएकोले आफुहरुले यस किसीमले थोरै भए पनि सहयोग गरेको स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखाका अध्यक्ष पुस्कर राज पाण्डे बताउनु हुन्छ ।

त्यस्तै विभिन्न ठाउँमा कोरोना महामारीको बेला सहयोग गर्दे आएको र हाल पनी यस्ता कार्यहरुमा सहयोग गर्नु पर्ने बताउनु हुन्छ बरिष्ठ समाजसेवी महेशजँग कुवँर

आफुले गरेको कामको मुल्याकन आफैले त कसरी गर्नु र तर जोकोहीको पनि मुल्याकंन भने कतै न कतै कसैले गरी नै रहेको हुन्छ । त्यसैले भनिन्छ नी काम गर्नु फलको आशा नगर्नु हो त्यस्तै पत्रकारहरुले पनि आफ्नो धर्म निभाउदै सत्य तथ्य र यर्थाथतालाई बाहिर निकाल्न सके समाज र राष्ट्र प्रति तपाईको त्यो भन्दा ठुलो माया अरु के होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?