आकास एयरद्वारा बोइङका १५० विमान माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आकास एयरद्वारा बोइङका १५० विमान माग

सारांश

  • नयाँदिल्ली ।
  • भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।
  • गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

नयाँदिल्ली । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।

गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बटाए ।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, “आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।

यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् ।

देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य हाे : डा आरजु राणा
पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य हाे : डा आरजु राणा
भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

तपाईंले छुटाउनुभयो कि?