युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२९ पटक हेरिएको
Shares
युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान

सारांश

  • एजेन्सी।
  •   दक्षिणी युरोप र उत्तर-पश्चिम अफ्रिकाका केही भागहरूमा गर्मीको लहर नै चलिरहेको छ ।
  • आगामी केही दिनमा तापक्रम वृद्धिले कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।

एजेन्सी।  दक्षिणी युरोप र उत्तर-पश्चिम अफ्रिकाका केही भागहरूमा गर्मीको लहर नै चलिरहेको छ । आगामी केही दिनमा तापक्रम वृद्धिले कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।

स्पेन, फ्रान्स, ग्रीस, क्रोएसिया र टर्कीका केही भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस पार हुने अपेक्षा गरिएको छ । यसै गरी इटालीमा, तापक्रम ४८.८ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान छ ।

फ्लोरेन्स र रोम सहित १० सहरहरूमा तापमान वृद्धिको रेड अलर्ट जारी गरिएको छ । इटालीमा सहनै नसक्ने गर्मी बढेको छ । गर्मीकै कारण केही मानिसको मृत्यु समेत भएको छ ।

इटालीका मौसमविद्हरुले गर्मीले अत्यन्तै खराब अवस्था आउनसक्ने चेतावनी दिएका छन् । मौसम कार्यालयले यो साता ४० को दशक यताकै सबैभन्दा गर्मी हुनसक्ने जनाएको छ ।

सन् २०२१ को अगस्टमा इटालीको सिसिलीको सिराक्युज टापु नजिकै युरोपकै सबैभन्दा तातो तापक्रम ४८ दशमलब ८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । गत वर्ष युरोपभरीमा गर्मीकै कारण ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?