नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
१७२ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न

सारांश

  • नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ ।
  • महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।
  • सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् ।

नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।

सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका छन् ।
प्रेस चौतारीले गुल्मी, बाग्लुङ, म्यादी र लमजुङमा नेतृत्व हात पारेको छ । ती जिल्लाहरुको अध्यक्षमा क्रमशः नवराज भुसाल, दीलश्रीस मगर, तारानाथ शर्मा र आश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै गोरखामा प्रेस युनियनका उम्मेदवार किशोरजंग थापा र पर्वतमा छाविलाल तिवारी अध्यक्ष चुनिएका छन् । रुपन्देहीमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलबाट सेन्टरका ज्ञानेन्द्र जिसी नेतृत्वमा आएका छन् ।

केन्द्रीय पार्षद्हरुमा पनि प्रेस चौतारीकै सदस्यहरुको धेरै आएको बताइएको छ । प्रेस चौतारीका एक पदाधिकारीका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लाहरुबाट चौतारीका ४१ जना केन्द्रीय पार्षद् चुनिएका छन् । त्यस्तै युनियनतर्फका २७ र सेन्टरका १४ केन्द्रीय पार्षद् निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय पार्षदमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिनिकटका ३, राष्ट्रिय जनमोर्चानिकटका ३ र विम्लव नेतृत्वको माओवादीनिकटका १ जना पत्रकारहरु निर्वाचित भएका छन् ।

मंगलबार नै सम्पन्न गर्ने कार्यतालिका रहेको अर्घाखाँची र पाल्पामा भने सर्वसहमतिको प्रयास भइरहेकाे बताइएको छ ।

पत्रकार महासंघमा प्रेस चौतारी र प्रेस सेन्टरले नयाँ सदस्यता वितरण र सदस्यता नविकरणमा एकलौटी गरेको भन्दै प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयसँगै देशका विभिन्न जिल्ला शाखाहरुमा तालाबन्दी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो: कांग्रेस
गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो: कांग्रेस
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
अर्गानिक कृषी मेलामा भीड
अर्गानिक कृषी मेलामा भीड
मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण
मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण

तपाईंले छुटाउनुभयो कि?