करेन्ट लागेर तामाङको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
करेन्ट लागेर तामाङको मृत्यु

सारांश

  • सुरुङ्गा, झापा, १८ वैशाख, झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो ।

सुरुङ्गा, झापा, १८ वैशाख, झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो । किचकबध सहकारी संस्थाले खोलेको किचकबध दूध डेरीमा दूध बेच्न लगेका तामाङलाई चिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते तामाङलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?