युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल

सारांश

  • तनहुँ, ६ वैशाख ।
  • नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ ।
  • तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो ।

तनहुँ, ६ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो ।

निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।”

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गर्नुभयो ।

कमलाघाटमा शवदाह निर्माण गरिँदै

शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् । नगरपालिका–४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उहाँले भन्नुभयो, “निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।”

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब
यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब