११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
४६ पटक हेरिएको
Shares
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?

सारांश

  • काठमाडौं, पुस १३ ।
  • ‘नेपालको पानी, जनताको लगानी’ गीतबाट चर्चामा आएकी स्मिता दाहाल भर्खर १९ वर्षकी भइन् ।
  • उनी नेपाली राजनीतिका नायक क.

काठमाडौं, पुस १३ । ‘नेपालको पानी, जनताको लगानी’ गीतबाट चर्चामा आएकी स्मिता दाहाल भर्खर १९ वर्षकी भइन् । उनी नेपाली राजनीतिका नायक क. प्रचण्डका नातिनी हुन् ।

करिब ८ वर्ष गायन क्षेत्रमा रमाएकी स्मिता ११ वर्षको उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । हाल उनी केएमसीमा अध्ययनरत छिन् ।

उनले ११ वर्षको उमेरमा पहिलो एल्बम ‘स्मिता’ बजारमा ल्याएकी थिइन् । ‘पहिलो एल्बम ‘स्मिता’ को सफलताले आफूलाई एकपछि अर्को एल्बम निकाल्न प्रेरित गर्यो’ उनी भन्छिन् ।

त्यस्तै १६ वर्षको उमेरमा उनले दोस्रो एल्बम ‘स्मिता–२’ बजारमा ल्याइन् । उनको दोस्रो एल्बम ‘स्मिता–२’ प्रचण्डद्वारा एक कार्यक्रमबीच विमोचन गरिएको थियो ।

त्यसपछि उनले तेस्रो एल्बम ‘रागिनी’ बजारमा ल्याइन् । स्मिताले योगेन्द्रमणि दाहालका पाँचवटा गीत समावेश गरेर रागिनी नामक तेस्रो एल्बम निकालेकी हुन् ।

मिलनसार स्वाभावकी गायिका स्मिताको सानैदेखि गीत गाउने खुबै रुचि थियो । त्यही रुचि आज आएर पूरा गरेको उनी सुनाउँछिन् । फुर्सदको समयमा गुनगुनाउन रुचाउँने स्मिता भन्छिन्, ‘म बाल्यकालबाटै गाउन रुचाउँथे ।’

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेकी स्मिता भन्छिन्, ‘संगीत क्षेत्रमा आधुनिक गीत गाएर चर्चामा आएकी हुँ ।’

‘परिवारले सुरुदेखि नै गायिका हुन्छौ’ भनेको कुरा स्मरण गर्दै स्मिताले भनिन्, ‘प्रचण्डको नातिनी भन्दा पनि गायिका भनेर चिनाउन चाहन्छु ।’ परिवारको एकदम सपोर्ट छ, त्यसैले पढाई र गीतलाई सँगसँगै लैजाने उनी बताउँछिन् ।

गायिका स्मिता दाहाल र जनवादी गायक नविन खड्काले स्वर दिएको ‘नेपालको पानी, जनताको लगानी’ गीतले यतिबेला बजारमा चर्चा पाइरहेको छ ।

यसै सन्दर्भमा उहाँहरुलाई शिखरन्यूजले स्टुडियोमा बोलाएर भलाकुसारी गरेको थियो । उनीहरुसँग गरेको भलाकुसारी तलको भिडियोमा हेर्न सक्नुहुन्छ ।

https://www.youtube.com/watch?v=SEF7WFJWPDs

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?