यौनका १० फाइदा, जुन तपाईलाई थाहा नहुन सक्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ७, २०७६
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् ।
  • तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो ।
  • सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार हुन्छ ।

हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार हुन्छ । सर्वेक्षणका अनुसार नियमित सेक्सले हर्टअट्याक अर्थात हृदयघात र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । जो मानिस नियमित सेक्स गर्छन उनीहरु कम विरामी हुन्छन् । सर्वेक्षणका अनुसार नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि स्वस्थ रहने उल्लेख छ ।

सेक्सले इम्यून सिस्टम बढाउँछ
शोधकर्ताका अनुसार सेक्स गर्नुभन्दा केही समय पहिला व्यायाम गरेमा तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ यसका साथै एकदमै एनर्जे्टिक अर्थात उर्जावान र फ्रेस महसुस गर्नुहुन्छ । स्वस्थ रहनका लागि र राम्रो स्वास्थ्यका लागि सेक्स एकदमै महत्वपूर्ण हुन्छ । सेक्सले तपाईको शरीरको इम्यून सिस्टम बढाउँछ जसबाट तपाई कम विरामी हुनहुन्छ ।

कामेच्छा (काम गर्ने इच्छा) बढाउँछ
सेक्सले तपाईलाई आनन्दको अनुभव मात्रै गराउँदैन यसले तपाईको कामेच्छालाई पनि बढाउँछ । महिलाहरुमा सेक्स गर्ने समयमा सेक्स योनी स्नेहक, रक्तसञ्चार बढाउँछ जसले सेक्सको आनन्द दिनेमात्रै होइन फिजिकली रुपमा पनि फिट राख्छ ।

महिलाहरुको ब्लाडर कन्ट्रोल 
सेक्स महिलाहरुका लागि कतिपय अवस्थामा एकदमै फाइदाजनक हुन्छ । यसका अतिरिक्त ब्लाडर कन्ट्रोल अर्थात मूत्राशय नियन्त्रणको क्षमता बढाउँछ । सेक्सले महिलाहरुको मांसपेशीहरु मजबुद बनाउछ । जब सेक्सको समयमा महिलाहरु (ओरगाज्म) पूर्णता हासिल (पूर्ण सन्तुष्टि) गर्छिन त्यो क्रममा भएको स्रावले उनीहरुको मांसपेशीहरुलाई मजबुत बताउने गर्छ ।

सेक्सले ब्लड प्रेसर कम गर्छ
भर्खरै भएको यो अनुसन्धान अनुसार सेक्स र ब्लड प्रेसर (उच्च रक्तचाप)को एक आपसमा अन्तरसम्बन्ध हुन्छ । सेक्स तपाईको ब्लड प्रेसरलाई सन्तुलित गर्नमा मद्दतगार हुन्छ । यसले तपाईको ब्लड प्रेसर कम गर्नमा महत्वपूर्ण भुमिका निभाउँछ ।

सेक्स हो एक महत्वपूर्ण कसरत
कसरत र सेक्सलाई एक–अर्काका परिपुरकका रुपमा पनि लिइन्छ । कनकि जहाँ ब्यायामबाट चुस्त फूर्ती मिल्छ र सेक्सबाट तन मन स्वस्थ् रहन्छ । स्वस्थ सेक्सका लागि सकारात्मक सोचको जरुरी हुन्छ । सेक्स गर्दा हरेक मिनेटमा पाँच क्यालोरीको बर्न(जन्म) हुन्छ । सेक्सले तपाईको शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ जसले तपाई कम विरामी हुनुहन्छ । सेक्सले तपाईको शरीरमा पर्याप्त व्यायामको भुमिका निभाउँछ जसको शरीरलाई पूर्ण रुपमा ठिक राख्छ ।

हर्ट अट्याकको खतरा कम गर्छ
सेक्स तपाईको मुटुको लागि महत्वपूर्ण छ । सेक्स गरिरहदा हर्ट अट्याकको खतरा कम हुन्छ । नियमित सेक्सले हर्ट अट्याक र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । साथै सेक्स गर्नाले एस्ट्रोजन र टेस्टोस्टेरोन सन्तुलित राख्छ । जानकारका अनुसार हप्तामा दुईपटक सेक्स गर्दा हर्ट अट्याक (हृदयघात)को सम्भावना कम हुँदै जान्छ ।

दुःखाई कम गर्छ सेक्सले
सेक्सले दुःखाई कम गर्छ । केही सेक्स अनुसन्धानकर्ता भन्छन् कि एस्पिरिनको औषधि (गोली) खानुभन्दा सेक्स गर्नु बढी फाइदाजनक हो । यसकारण शरीरका कैयौ दुःखाई दूर गर्नका लागि गोलीको सट्टा सेक्स गर्नु बढी फाइदाजनक हुनेछ ।

प्रोस्टेट (मृगौला) क्यान्सरको सम्भावनालाई कम गर्छ
सेक्स गर्दा तपाईको शरीर फिट हुनुका साथै मृगौला क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ । पुरुष जो महिनामा करिब २१ पटक सेक्स गर्छन उनीहरुमा प्रास्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।

राम्रो निद्रा लाग्छ
सेक्सका बेला आनन्दको अनूभुतिका साथै थकान पनि हुन्छ । जसले राम्रो निन्द्रा पर्छ । पुरुषहरुलाई सेक्स गरिसकेपछि तुरुन्तै निन्द्रा लाग्छ । सेक्सका बेला पुरुषहरुको शरीरमा ओक्सिटोसीन हार्माेन र प्रोलेक्टिन हार्माेनका स्त्राव बढ्छ । ओक्सिटोसीन हार्माेनले पुरुषहरुलाई आरामको महसुस गराउँछ । जबकी प्रोलेक्टिन हार्माेनका कारण उनीहरुलाई निन्द्रा लाग्छ ।

तनाव कम गर्छ
सेक्सले तनाव कम गर्छ । सेक्स गर्ने समय फेरप्लेका क्रममा मायाले भरिएको स्पर्शले अंगालो हाल्नाले, सेक्सको क्रममा चरम आनन्दको अनुभव गर्नाले फिल गुड हार्माेन शरीरमा पैदा हुन्छ । यसले मनको तनाव कम गर्छ कनकि यसले मनमा शान्ति मिल्छ । एक अर्कासँग भेट हुँदा पनि तपाईको तनाव कम हुन्छ र एक अपूर्व आनन्दको अनुभव हुन्छ । यसकारण सेक्स तनाव कम गर्नमा मद्दत गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
केश मुण्डन गरेर  आमाको  किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
केश मुण्डन गरेर आमाको किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
हकारी बजार विकास कार्यक्रम लागू
हकारी बजार विकास कार्यक्रम लागू
जेष्ठ नागरिक दिवस : छोराछोरीको कमाईको निश्चित प्रतिशत बाबुआमालाई
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए भारत र चीनले बधाई
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए भारत र चीनले बधाई
कांग्रेस ३५ स्थानमा विजयी (यस्तो छ सूची)
कांग्रेस ३५ स्थानमा विजयी (यस्तो छ सूची)

तपाईंले छुटाउनुभयो कि?