खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२६ पटक हेरिएको
Shares
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

सारांश

  • सोलुखुम्बु, ११ फागुन स् प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।
  • तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए ।
  • सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सैयौ हल निर्माणाधीन अवस्थामा रहेको बताए ।

सोलुखुम्बु, ११ फागुन स् प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए ।

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सैयौ हल निर्माणाधीन अवस्थामा रहेको बताए । प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले भने, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ । ”रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?