कस्तो रहला साेमबार देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
कस्तो रहला साेमबार देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
‘यसकारण म साउदी अरबबाट भागेँ…’
‘यसकारण म साउदी अरबबाट भागेँ…’
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

तपाईंले छुटाउनुभयो कि?