प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”

सारांश

  • सिन्धुली, फागुन ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति देउवाले दावी गरेमा आफू पनि प्रतिष्पर्धामा उत्रने र चुनिएर संसदीय दलको नेता बन्ने बताएका छन् ।
  • उनले संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने पनि बताएका छन् ।

सिन्धुली, फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति देउवाले दावी गरेमा आफू पनि प्रतिष्पर्धामा उत्रने र चुनिएर संसदीय दलको नेता बन्ने बताएका छन् । उनले संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने पनि बताएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले भने, “भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुनेछ ।” केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य रहेको दावी गरे । “पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेता उहाँ हुन सक्नुहुन्न ।”

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गरे । उनले थपे, “परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुँदैन ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ उनले काँग्रेस महामन्त्री कोइरालाले सर्वसहमतिबाट भए मात्र संसदीय दलको नेता बन्न इच्छा व्यक्त गर्नुभएको अवस्थामा सर्वसहमति हुन नसक्ने देखिएको उल्लेख गरे । नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?