यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या

सारांश

  • यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् ।
  • जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।
  • गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका २४ वटा अभियोग लागेको थियो ।

यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।

गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका २४ वटा अभियोग लागेको थियो । उनीमाथिको अभियोगको विषयले खेल क्षेत्रमा तरंग आएको थियो । गेडेर्टमाथिको अभियोगमध्ये दुईवटा १३ र १६ वर्षीया खेलाडीमाथिको दुव्यर्वहार रहेको छ ।६३ वर्षीय गेडेर्ट सन् २०१२ मा महिला जिम्न्यास्टिक टिमको प्रशिक्षक थिए । उनी टिमको चिकित्सक लारी नासारसँगै काम गर्थे । नासारमाथि यौन दुव्यर्वहारको अभियोगमा अदालतले दोषी ठहर गरी ३ सय वर्षको जेल सजाय सुनाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?