अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
५१ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

सारांश

  • २ असोजः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् ।
  • संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
  • कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

२ असोजः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् ।

संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसका मुख्य सचिव मार्क मेडोसले यस बारेमा पत्रकारहरुलाई जानकारी दिएका हुन् । उनले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको पनि स्पष्ट पारे ।

संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् ।

महासभामा विश्वका ११९ जना राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको पत्रकारहरुसँग बताएका थिए । तर त्यो योजना अहिले परिवर्तन भएको हो ।

कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो ।-एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महले बजार पाएन
महले बजार पाएन
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
नेपाली सेनामा विवाद,  प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
नेपाली सेनामा विवाद, प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब
विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या