विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
सारांश
- काठमाडौँ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका कतिपय संविधानविपरित प्रावधान राखिएका विधेयक फिर्ता नलिए संसदमा हंगामा मच्चाउने तयारी गरेको छ ।
- विधेयक फिर्ता नलिएमा कांग्रेसले संसद्मा कडा प्रतिरोध गर्ने जनाएको हो ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका कतिपय संविधानविपरित प्रावधान राखिएका विधेयक फिर्ता नलिए संसदमा हंगामा मच्चाउने तयारी गरेको छ ।
विधेयक फिर्ता नलिएमा कांग्रेसले संसद्मा कडा प्रतिरोध गर्ने जनाएको हो । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न आज बुधबार संसदीय दलको बैठक बोलाएको छ ।
जागरण अभियानमा सरकारका असंवैधानिक कामका बारेमा विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको धम्की दिएको छ ।
संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया