ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

सारांश

  • ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ ।
  • ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो ।
  • विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायत ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य हुने गरेका थिए ।

ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो ।

विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायत ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य हुने गरेका थिए । ज्येष्ठ नागरिकको अवस्था देखेर आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको समूहका उपाध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

“दिउँसो ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस ग¥यौँ, उहाँहरु अन्यत्र गई दिन कटाउन थाल्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ ।” गौतमका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । “अब ज्येष्ठ नागरिकलाई दिन कटाउन अन्यत्र जानु पर्दैन, आधारभूत सुविधासहितको आश्रम निर्माण गरेका छौँ”, गौतमले भन्नुभयो ।

यहाँका ज्येष्ठ नागरिकले एक्लोपन महसुस गरेर विगतमा आत्महत्यासम्म गरेको घटना छ । “एक्लोपन महसुस हुँदा विगतमा ज्येष्ठ नागरिकले आत्महत्या गरेको तीतो घटना हामीमाझ छ”, गौतमले भन्नुभयो, “त्यही कारण पनि आश्रम सञ्चालन गर्ने सोच बनायौँ ।” सङ्कृतन समूहले २०७२ सालदेखि कृष्णाष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट दुई तले आश्रम निर्माण गरिएको समूहका सचिव शरण खनालले जानकारी दिनुभयो ।

भवन बनाउँदा रु ३५ लाख खर्च भएको छ । दिवाकालीन आश्रममा ज्येष्ठ नागरिकलाई भुलाइराख्ने वातावरण सिर्जना गर्न भजनकीर्तन र टेलिभिजनको व्यवस्था गरिनेछ । साथै सोही ठाउँमा नै उद्यान निर्माण गर्ने लक्ष्य छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आश्रम बनाउन रु आठ लाख सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
४० दिनसम्म दराजमा थन्क्याउनु हाँसउठ्दो कुरो : नेम्वाङ
४० दिनसम्म दराजमा थन्क्याउनु हाँसउठ्दो कुरो : नेम्वाङ
मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी
मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई
सीमा बन्द हुन्छ- झलनाथ खनाल
सीमा बन्द हुन्छ- झलनाथ खनाल
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो

तपाईंले छुटाउनुभयो कि?