राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
सारांश
- सुजन पन्त काठमाडौं ।
- दर्शक/स्रोताले अति नै मन पराएको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ यतिबेला झनै चर्चाको शिखरमा छ ।
- पृथ्वी पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड कार्यक्रममा उक्त गीतले ४ वटा विधामा अवार्ड जित्न सफल भएको छ ।
- सुजन पन्त
काठमाडौं । दर्शक/स्रोताले अति नै मन पराएको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ यतिबेला झनै चर्चाको शिखरमा छ । पृथ्वी पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड कार्यक्रममा उक्त गीतले ४ वटा विधामा अवार्ड जित्न सफल भएको छ ।
शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजित कार्यक्रममा गायक राजन गुरुङको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ ले ४ वटा अवार्ड जित्न सफल भएको हो ।
उही खोलीको पानी गीतबाट राजन गुरुङले पलिक च्वाईस अवार्ड, लय शब्दतर्फ बसन्त थापा, निर्देशकतर्फ बब्बु थापा र छायाकंनतर्फ करण चैसिरले अवार्ड जितेका हुन् ।
अवार्ड ग्रहण गर्दै गुरुङले भने, ‘यो अवार्डले सांगीतिक यात्रामा हौसला थपिएको छ, आगामी दिनमा अझ राम्रो गर्ने कोसिस गर्नेछु ।’
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोजक, जुरी निर्णायक, निर्णायक र सम्पूर्ण दर्शक/स्रोता अनि शुभचिन्तकलाई विशेष धन्यवाद दिएका छन् ।
प्रतिक्रिया