जिम्बाबेका नयाँ राष्ट्रपतिमा इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जिम्बाबेका नयाँ राष्ट्रपतिमा  इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार

सारांश

  • हरारे, १८ साउन ।
  • जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।
  • सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भनेका छन् ।

हरारे, १८ साउन । जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ । सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भनेका छन् । ‘यो निर्वाचन धाँधलीपूर्ण रुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ’ ‍उनले भने । तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ । यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा सत्ताच्यूत ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । मुगाबेलाई पदबाट हटाएपछि मान्गाग्वा नै राष्ट्रपति भएका हुन् । गत सोमबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मान्गाग्वा नै विजयी हुनुभएको शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ । परिणामअनुसार मान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गरेका छन् । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो । त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

यस परिणामप्रति प्रतिपक्षी दलको औपचारिक प्रतिक्रिया भने आएको छैन । निर्वाचनमा धाँधली भएको भन्दै यहाँको विपक्षी गठबन्धनले मतगणना शुरु भएदेखि नै विरोध गर्दै आएको थियो । राजधानी हरारेमा भएको प्रदर्शन दबाउन प्रहरी र सेनाको गोली लागेर छ जनाको मृत्यु भइसकेको छ। लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाइएपछि यहाँ पहिलो पटक आमनिर्वाचन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?