किरात सङ्ग्रहालय निर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
किरात सङ्ग्रहालय निर्माण शुरु

सारांश

  • खोटाङ, ९ फागुन, विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रुपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ ।
  • सम्पूर्ण राईहरुको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको हो ।
  • सङ्ग्रहालयको लागि देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक सङ्घसंस्थाहरु सहयोगमा जुटेका छन् ।

खोटाङ, ९ फागुन, विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रुपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ । सम्पूर्ण राईहरुको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको हो ।

सङ्ग्रहालयको लागि देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक सङ्घसंस्थाहरु सहयोगमा जुटेका छन् । तीन वर्षमा सम्पन्न गर्ने गरी गत वर्षदेखि सङ्ग्रहालय निर्माण अभियान शुरु गरिएको हो ।

सङ्ग्रहालय निर्माणका लागि रु दुई करोड बराबरको वृहत योजना बनाइएकामा यो वर्ष ५५ लाख लागतमा एक तला निर्माण सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बुले बताउनुभयो । सङ्ग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट विनियोजन भएको छ ।

सङ्ग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताहरुले स्वस्फुर्त रुपमा बोलकबोलसमेत गरिरहेका निर्माण उपभोक्ता समितिले जनाएको छ । अभियानका क्रममा हालसम्म रु १७ लाख बढी रकम सङ्कलन भइसकेको छ ।

‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने सङ्ग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुले बताउनुभयो ।

दश किरातको प्रतिक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई सङ्ग्रहालय निर्माण गरिने योजना बनाइएको छ । तीनतले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित (वाबु) चिण्डोको बर्निङ गजुर राखिने तथा किराती वास्तुकलाले सजाइने जनाइएको छ । सङ्ग्रहालय भवन भूकम्प प्रतिरोधात्मक बनाउने तयारी गरिएको छ ।

थुलङ राईहरुले आबद्ध गरेको किराती ऐतिहासिक थलोमा सङ्ग्रहालय निर्माण गर्ने अवधारणा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति रिब्दुङ महेश्वरीले बनाएको थियो । थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि जीवित रहेको रिब्दुङका प्रारम्भिक कार्य समितिले यायोक्खा जिल्ला र केन्द्रसँगको समन्वय र सहयोगमा सङ्ग्रहालय निर्माण प्रक्रिया प्रारम्भ गरेको हो ।

सङ्ग्रहालयको वृहत अवधारणासँगै स्थानीय दाता शम्शेरजङ्ग राई, मानबहादुर राई र पूर्णबहादुर राईले आठ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । किरात राई यायोक्खाको नाममा दर्ता गरिएको उक्त जग्गा ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक हिसाबले समेत आकर्षक रहेको जनाइएको छ ।

जग्गा खरीद तथा निःशुल्क माग गरी सङ्ग्रहालयको क्षेत्रफल कम्तिमा ५० रोपनी बनाउने निर्माण उपभोक्ता समितिको योजना छ । तीन वर्षमा पूरा गरिने सङ्ग्रहालयको घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–वालुवाको व्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भएको जनाइएको छ ।
सङ्ग्रहालय निर्माणका लागि चर्चित अभिनेता दयाहाङ राईलाई सद्भावना दूत बनाइएको छ । अभिनेता राईलाई सङ्ग्रहालयको काम सम्पन्न गर्न आवश्यक सहयोग रकम जुटाउन सद्भावना दूत बनाइएको हो ।

सद्भाव दूत दयाहाङले राई जातिको ऐतिहासिक सङ्ग्रहालय निर्माण सम्पन्न गराउन तन–मन दिएर लागी पर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालकै इतिहासमा पहिलो पटक महेश्वरीमा सङ्ग्रहालय निर्माण शुरु गरिएपछि जिल्लावासी हर्षित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?
कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
आइसक्रिम खुवाएर सबै लुटेर लग्यो
आइसक्रिम खुवाएर सबै लुटेर लग्यो
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला

तपाईंले छुटाउनुभयो कि?