मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट

सारांश

  • काठमाडौं, २० माघ ।
  • प्रदेश नम्बर २ मा मधेसी दलहरुको सरकार बन्ने निश्चित भएको छ ।
  • संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार गठन हुने भएपनि मुख्यमन्त्री कसले पाउने भन्ने प्रश्नले यी दुई दलहरुबीच पनि खटपट शुरु भएको छ ।

काठमाडौं, २० माघ । प्रदेश नम्बर २ मा मधेसी दलहरुको सरकार बन्ने निश्चित भएको छ । संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार गठन हुने भएपनि मुख्यमन्त्री कसले पाउने भन्ने प्रश्नले यी दुई दलहरुबीच पनि खटपट शुरु भएको छ ।

राष्ट्रिय जनता पार्टीले मुख्यमन्त्री आलोपालो चलाउने प्रस्ताव गरेको छ । राजपाको यो प्रस्तावलाई संघीय समाजवादी फोरमले भने ठाडै अस्वीकार गरिसकेको छ । यही कारणले यी दुई पार्टीबीच सरकार नबन्दै खटपट शुरु भएको छ र विवाद उत्कर्षमा पुगेको छ ।

राजपाले आफ्नो पार्टी फोरम ४ सिटमात्र कम रहेको भन्दै मुख्यमन्त्री पद आलोपालो चलाउनुपर्ने प्रस्ताव गरेको छ । तर, फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपाको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आलोपालो हुन नसक्ने बताएका छन् ।

राजपाका महासचिव मनिष सुमनले आफूहरु चार सिटमात्र कम भएकाले बराबरी हैसियतमा सरकार चलाउने र मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राखेको बताए । यो विषयमा दुई पार्टीबीच धेरैपटक कुराकानी भएको पनि उनले बताएका छन् । उता, फोरमका अध्यक्ष यादवले यो सम्भव नभएकाले पाँच वर्ष चल्ने गरी मिलेर सरकार बनाउने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?