प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय

सारांश

  • हेटौडा ,२१ असार।
  • प्रदेश न ३ का सभामुख सानु कुमार श्रेष्ठले प्रदेश न ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय उद्घाटन गरेका छन।
  • बुधबार भएको एक कार्यक्रमको बीच सभामुख श्रेष्ठले प्रदेश सचिवालयकै हाता भित्र रिबन काटेर संसदीय दलको कार्यालय उद्घाटन गरेका हुन।

हेटौडा ,२१ असार। प्रदेश न ३ का सभामुख सानु कुमार श्रेष्ठले प्रदेश न ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय उद्घाटन गरेका छन।

बुधबार भएको एक कार्यक्रमको बीच सभामुख श्रेष्ठले प्रदेश सचिवालयकै हाता भित्र रिबन काटेर संसदीय दलको कार्यालय उद्घाटन गरेका हुन।

कार्यक्रममा बोल्दै प्रदेश ३ का प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाले प्रदेश सभालाई आफ्नो संसदीय दलको कार्यालय उपलब्ध गराएकोमा सभामुख श्रेष्ठलाई धन्यबाद दिए।

उद्घाटन कार्यक्रममा नेकपा , नेपाली कांग्रेस ,राप्रपा, राप्रपा नेपाल ,बिबेकसिल साझा पार्टी ,नेमकिपा दलहरुको प्रमुख सचेतक ,सचेतक ,तथा प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?