राजस्व चुहावट प्रकरणमा चूडामणि शर्मालाई सफाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
राजस्व चुहावट प्रकरणमा चूडामणि शर्मालाई सफाई

सारांश

  • काठमाडौं ।
  • एक अर्ब ३३ लाख रुपैयाँ राजस्व चुहावट मुद्धामा गैर कानूनी सम्पति आर्जनतर्फ आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवम् चूडामणि शर्मालाई विशेष अदालतले सफाई दिएको छ ।
  • राजस्व चुहावत र गैरकानूनी सम्पति आर्जन गरेको मुद्धा चलाई बिगो जरिवानाको माग दाबी सहित अभियोग लागेका शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई कर फर्छ्यौटमा दोषी ठहर गर्दै गैरकानूनी सम्पतिको मुद्धामा भने सफाई दिएको हो ।

काठमाडौं । एक अर्ब ३३ लाख रुपैयाँ राजस्व चुहावट मुद्धामा गैर कानूनी सम्पति आर्जनतर्फ आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवम् चूडामणि शर्मालाई विशेष अदालतले सफाई दिएको छ ।

राजस्व चुहावत र गैरकानूनी सम्पति आर्जन गरेको मुद्धा चलाई बिगो जरिवानाको माग दाबी सहित अभियोग लागेका शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई कर फर्छ्यौटमा दोषी ठहर गर्दै गैरकानूनी सम्पतिको मुद्धामा भने सफाई दिएको हो ।

बिहीबार भएको सुनुवाइपछि इजलास नं. १ का न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?