अख्तियारको जालमा पर्दै ठूला माछा, कोको छन् निशानामा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अख्तियारको जालमा पर्दै ठूला माछा, कोको छन् निशानामा ?

सारांश

  • अख्तियार दुरुपायोग अनुसन्धान आयोगले भ्रस्टाचारका चर्चित मुद्दाहरुमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
  • राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्ने गरी भएका आर्थिक दुरुपयोगका उजुरी माथि आयोगले अनुसन्धान थालेको हो ।
  • तर भ्रष्टाचारका अझै धेरै मुद्धा र काण्डमाथि भने आँखा पुग्न सकेको छैन ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले भ्रस्टाचारका चर्चित मुद्दाहरुमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्ने गरी भएका आर्थिक दुरुपयोगका उजुरी माथि आयोगले अनुसन्धान थालेको हो । तर भ्रष्टाचारका अझै धेरै मुद्धा र काण्डमाथि भने आँखा पुग्न सकेको छैन ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही ठूला भ्रष्टाचारसँग जोडिएका विषयमा चासो देखाउन थालेको छ । विगतमा ठूला माछा छोडेर सानालाई मात्र सिकार गरेको भन्ने आलोचना खेपेको अख्तियारले अहिले केही सक्रियता देखाएको छ ।

तर ठूला भनिएका भ्रष्टाचार काण्डप्रति जनचासो नै बढि भएकाले पनि अख्तियार चुप बस्न नसकेको हुन सक्छ ।

मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयमा अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल झिकाइसकेको छ । निजी मेडिकल कलेजमा विद्यार्थीबाट बढी शुल्क असुलीको बिषयमा अख्तियारमा उजुरी परेको छ । यस विषयमा भने छलफल मात्रै भइरहेको अख्तियारले जनाएको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व तथा बहालवाला मन्त्रीको संलग्नता भएको उजुरीमाथि अनुसन्धान जारी छ । तर व्यक्तिगत रुपमा कसरी छानविन भइरहेको छ भन्ने कुरा चाँही अख्तियार प्रवक्ताले खुलाउन चाहेनन् ।

त्यस्तै मेलम्ची खानेपानी आयोजनामा बहालवाला मन्त्रीदेखि सत्तारुढ दलका शीर्ष नेताको स्वार्थ जोडिएको आशंकामा छानबिन जारी छ । नेपाल ट्रस्टको दरबारमार्ग, कमलादी र कालीमाटीको जग्गा निजी कम्पनीलाई सस्तोमा ३० वर्षका लागि लिजमा दिएको उजुरी पनि आयोगमा परेको छ ।

पहुँच र सत्ताको को आडमा भएका विभिन्न अनियमितताको छानबिन नगरेको आरोप अख्तियारमाथि लाग्दै आएको छ । तर अख्तियारका प्रवक्ता कोइरालाले भने अख्तियारको भूमिकाप्रति शंका गर्न आवश्यक नरहेको जिकिर गरे ।

पछिल्लो समय भ्रष्टाचारसम्बन्धी उजुरी बढेको छ । अघिल्लो आर्थिक वर्षमा कूल १९ हजार उजुरी परेको थियो । त्यसमध्ये १९४ वटा काण्डलाई अख्तियारले अदालती प्रक्रियामा पुर्याएको थियो । तर यस वर्ष यो तथ्याङ्क बढेको छ । सात महिनामै १६ हजार उजुरी परेको छ भने अख्तियारले २ सय काण्डलाई अदालतमा लगेको छ । यस वर्ष अख्तियारले आफ्नै पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध पनि मुद्धा दायर गरेको छ ।

अख्तियारले आफ्नो भूमिका केही बढाएको जस्तो देखिए पनि नेपालमा हुने भ्रष्टाचार अन्त्यका लागि अझै धेरै काम गर्नु आवश्यक छ ।

सरकार, राजनीतिक दल र नेताहरुको प्रभावमा पर्दै आएको अख्तियार अब पनि निष्पक्ष बन्न सकेन भने भ्रष्टाचार मौलाइरहने छ । अन्य चर्चित र ठूला भ्रष्टाचारका मुद्दामा पनि जाल हालेर ठुला माछा समात्न अख्तियारले हात नकमाओस् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
सिएसडब्ल्युको ६३औँ बैठकमा भाग लिन आज राष्ट्रपति भण्डारी न्यूयोर्क जाँदै
सिएसडब्ल्युको ६३औँ बैठकमा भाग लिन आज राष्ट्रपति भण्डारी न्यूयोर्क जाँदै
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक