छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सारांश

  • मेलम्ची, १२ पुस , सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ ।
  • कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
  • त्यसैगरी मेलम्ची नगरपालिका–४ थकनीमा एक व्यक्तिले आत्महत्या गरेका छन् ।

मेलम्ची, १२ पुस , सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ ।
कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

त्यसैगरी मेलम्ची नगरपालिका–४ थकनीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिरा तामाङका ४० वर्षीय छोरा सोमार तामाङ घर नजिकैको आफ्नै बारीमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि मेलम्ची ल्याएर अनुसन्धान थालिएकको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो ।

(https://woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?