राजस्व छल्दै फिल्म हलहरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
राजस्व छल्दै फिल्म हलहरु

सारांश

  • काठमाडौ, फागुन २३ ।
  • पछिल्लो समय काठमाडौं उपत्यकाभित्र रहेका सपिङ मलमा मल्टिप्लेक्स हल खुल्ने क्रम बढ्दो छ ।
  • मुलुककै सबैभन्दा ठूलो चलचित्र बजार काठमाडौंमा सञ्चालनमा रहेका हलले वार्षिक करोडौं रुपैयाँको व्यापार गरे तापनि उनीहरुले कानुनअनुसार काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने कर नबुझाउँदा करोडौंको राजस्व घाटा भएको छ ।

काठमाडौ, फागुन २३ । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र रहेका सपिङ मलमा मल्टिप्लेक्स हल खुल्ने क्रम बढ्दो छ । मुलुककै सबैभन्दा ठूलो चलचित्र बजार काठमाडौंमा सञ्चालनमा रहेका हलले वार्षिक करोडौं रुपैयाँको व्यापार गरे तापनि उनीहरुले कानुनअनुसार काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने कर नबुझाउँदा करोडौंको राजस्व घाटा भएको छ ।

अहिले काठमाडौं उपत्यकाभित्र १४ वटा मल्टिप्लेक्स हल छन् । यी हलले प्रत्येक दर्शकबाट सिनेमाको मनोरञ्जन दिएबापत एक सय ५० देखि बढीमा तीन सय ५० सम्मको शुल्क लिन्छन् । दैनिक रूपमा दर्शकलाई मनोरञ्जन दिएबापतको शुल्क पनि राम्रै उठाउँछन् । मल्टिप्लेक्स हलले एक ‘शो’बराबरको पाँच प्रतिशत महानगरलाई राजस्व बुझउनुपर्ने हुन्छ । तर हलले दर्शकबाट मनोरञ्जनबापत उठाएको कर भने तिरेका छैनन् ।

राजस्व नबुझाउने मल्टिप्लेक्स हलहरुमा भक्तपुर भाटभटेनीको रिगल सिनेमा, गोंगबूको नर्थ सिनेमा प्रालि, नयाँ बसपार्कको ल्होत्से इन्टरटेन्मेन्ट, ललित सिनेमाज् प्रालि र सिटी म्याक्स सिनेमाज् इन्टरटेन्टमेन्ट प्रालि, त्यस्तै सिंगल हलमा बौद्धको सिद्धार्थ हल, कलंकीको पुष्पाञ्जली हल, बालाजूको गंगा हलले महानगरलाई राजस्व बुझाएका छैनन् । त्यस्तै, चाबहिलको गोपीकृष्ण हलले यस आर्थिक वर्षको साउन महिनाको मात्र राजस्व बुझाएको छ ।

आ.व.को माघ मसान्तसम्म सिनेमा हलबाट एक करोड ६४ लाख छ हजार नौ सय ९९ रुपैयाँमात्र राजस्व संकलन गरिएको महानगरले जनाएको छ । राजस्व बुझाउन बाँकी हललाई पत्राचार गरिसकेको र पत्राचार गर्दा पनि राजस्व बुझाएनन् भने कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १४१ र नियमावली २०५६ को नियम १४५ अनुसार नगरपालिकाभित्रका सिनेमा हल, भिडियो हल, सांस्कृतिक प्रदर्शनी हल जस्ता मनोरञ्जनसँग सम्बन्धित निकायले दुईदेखि पाँच प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था गरेको छ । तर महानगरले भने समयमा राजस्व नबुझाउने सिनेमा हललाई प्रत्येक महिना पाँच प्रतिशतका दरले जरिवाना थपिँदै जाने महानगरको भनाइ रहेको छ ।

Ambien

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेरडेरसँग बायर्न म्युनिख स्तब्ध
वेरडेरसँग बायर्न म्युनिख स्तब्ध
भतिजको नामबाट भोट हाल्न खोज्ने   पक्राउ
भतिजको नामबाट भोट हाल्न खोज्ने पक्राउ
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
दुई भन्सार एजेन्ट निलम्बित
दुई भन्सार एजेन्ट निलम्बित
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार
भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?