सभामुख महरालाई नागरिक समाजको सम्मान

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सभामुख महरालाई नागरिक समाजको सम्मान

सारांश

  • दाङ, ७ चैत ।
  • सभामुख कृष्णबहादुर महरालाई नागरिक समाज दाङले स्वागत तथा सम्मान गरेको छ ।
  • प्रतिनिधिसभामा दाङ– २ बाट निर्वाचित सभामुख महरालाई आफ्नो निर्वाचन क्षेत्रमा आएको बेला नागरिक समाज दाङले सम्मान गरेको हो ।

दाङ, ७ चैत । सभामुख कृष्णबहादुर महरालाई नागरिक समाज दाङले स्वागत तथा सम्मान गरेको छ । प्रतिनिधिसभामा दाङ– २ बाट निर्वाचित सभामुख महरालाई आफ्नो निर्वाचन क्षेत्रमा आएको बेला नागरिक समाज दाङले सम्मान गरेको हो ।

आफ्नो प्रतिनिधि राष्ट्रको बिधि तथा नीति निर्माण गर्ने स्थानमा पुगेकोमा खुशी ब्यक्त गर्दै नागरिक समाज दाङले नीति निर्माण गर्दा दाङ लगायत सिङ्गो राष्ट्रको भलाई हुने नीति निर्माण गर्न सुझाइएको थियो । सम्मान कार्यक्रममा बोल्दै नागरिक समाजका अभियन्ताहरुले सभामुख महरालाई दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदा गरेको महत्वपूर्ण पहलकदमीका लागि उच्च प्रशंसा गर्दै यसको कार्यान्वयन गर्न भएको असमझदारीको मध्यस्तता गरिदिन आग्रह गरेका थिए ।

सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख महराले आफू अब कुनै एउटा पार्टीको नेता नभएर समग्र नेपालीको साझा व्यक्ति भएकाले सोहीअनुसार व्यबहार गर्ने बताएका थिए । उनले आफूले गर्नसक्ने ठाउँबाट गर्ने पर्ने पहल गर्न नचुक्ने बताएका थिए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?