ओली सरकारका विधेयक किन विवादै विवादमा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
१४ पटक हेरिएको
Shares
ओली सरकारका विधेयक किन विवादै विवादमा ?

सारांश

  • नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरु विवादमा परेका छन् ।
  • अधिकांश विधेयकका कारण संसददेखि सडकसम्म विरोध भएको छ ।
  • विवादको श्रृखला अझै जारी छ ।

नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरु विवादमा परेका छन् । अधिकांश विधेयकका कारण संसददेखि सडकसम्म विरोध भएको छ । विवादको श्रृखला अझै जारी छ । यसले सरकारलाई नै कमजोर बनाउँदै लगेको विश्लेषण हुन थालेको छ । यतिबेला गुठी विधेयकले संसद र सडक तातेको छ । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएपछि विवादित बनेको हो । सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन नकुरी विधेयक ल्याइएको थियो । अहिले विवादमै रहेको अर्को विधेयक हो मिडिया काउन्सिल विधेयक । पदाधिकारी नियुक्ति तथा पदच्यूत, जरिवाना व्यवस्था तथा सरकारले निर्देशन दिन सक्नेलगायत व्यवस्था प्रस्ताव गरिएको र यस्तो व्यवस्था भए काउन्सिल स्वायत्त नभई सरकारको नियन्त्रणमा हुने भन्दै सञ्चारसम्बद्ध संघसंस्था आन्दोलनमा छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सबैभन्दा बढि विवादमा परेको थियो । प्राध्यापक डाक्टर गोविन्द केसी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकबीच यो विधेयक पारित भयो । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक पनि विवादरहित हुन सकेन ।

संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने सोचले विधेयक ल्याइएको भन्दै विरोध भएको थियो । मदिरासम्बन्धी विधेयकमा मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको विधेयकमा मदिरासम्बन्धी नयाँ उद्योग दर्तामा रोक लगाउन प्रस्ताव गरिएको छ । गृह मन्त्रालयले तयार पारेको यो यो विधेयक विवादमा आएपछि मन्त्रिपरिषद्मा पुग्न पाएको छैन ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था दर्तामा सरकारी नीति खुकुलो बनाउन लागिएको भन्दै सामाजिक संस्था विधेयक पनि विवादमै छ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयक मस्यौदा तयार भएको छ । मस्यौदामा ३० वर्षपछि ३० वर्षे सेवा अवधि हटाउने प्रावधान राख्न गएिको प्रस्तावलाई लिएर विवाद भएको हो ।

गृह मन्त्रालयले तयार पारेको मस्यौदा विधेयकलाई लिएर विवाद आएकाले यो मन्त्रालयमै थन्किएको छ । मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि विवादमुक्त छैन । राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा मानवअधिकार हननका मुद्दा चलाउन महान्याधिवक्ता कार्यालयको परामर्श लिनुपर्ने र आयोगका क्षेत्रीय कार्यालय बन्द गर्नुपर्ने प्रावधान राखेपछि यसको चौतर्फी विरोध भएको हो ।

नागरिकता ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा महिला र पुरुषबीच विभेदकारी प्रावधान राखिएको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । उक्त विधेयकमाथि मङ्गलवारदेखि संसद्मा सुरु भएको सैद्धान्तिक छलफलमा बोल्दै उनीहरूले प्रस्तावित विधेयकमा राखिएका त्यस्ता प्रावधान सच्याउन माग गरेका छन् ।

प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषगत संसदीय समितिमा छलफल हुन पाउँदै विवादित भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको लोकसेवा विधेयकले समावेशी तथा समानुपातिकको सिद्धान्त समावेश नभएपछि विवादित भएको हो ।

(https://www.saasgenius.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
भदौ २४ गते मंगलबारको राशिफल कस्तो छ ?
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा ।  हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा । हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?